Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २९, २०८३
डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन विज्ञापन बोर्डले डिजिटल तथा सामाजिक सञ्जालमार्फत हुने विज्ञापनको नियमनलाई प्राथमिकतामा राखेको छ। बोर्डले सरकारी विज्ञापनको एकद्वार प्रणालीबाट व्यवस्थापन, भ्रामक विज्ञापन नियन्त्रण र विज्ञापनसम्बन्धी कानुन सुधार गर्ने योजना पनि अघि सारेको छ।

बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा राष्ट्रिय विज्ञापन नीति, २०८३ कार्यान्वयनदेखि विज्ञापन बजारको संस्थागत सुदृढीकरणसम्मका योजना समेटिएका छन्।

सामाजिक सञ्जालका भ्रामक विज्ञापनमाथि निगरानी

बोर्डले सामाजिक सञ्जालमा स्वास्थ्यसम्बन्धी आधारहीन दाबी, वैदेशिक रोजगारीका नाममा प्रलोभन, गैरकानुनी सट्टेबाजी तथा क्रिप्टोकरेन्सीसम्बन्धी विज्ञापन नियन्त्रणमा जोड दिएको छ।

प्रतिवेदनअनुसार औषधिजन्य दाबी गरिएका भ्रामक विज्ञापन गर्ने १५ सामाजिक सञ्जाल अकाउन्ट बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको छ भने अन्य १७ सामाजिक सञ्जालसँग समन्वय गरी त्यस्ता विज्ञापन हटाउन लगाइएको छ। गैरकानुनी विज्ञापन गर्ने सात प्लेटफर्म बन्द गर्नसमेत सम्बन्धित निकायलाई पत्राचार गरिएको बोर्डले जनाएको छ।

कृत्रिम बौद्धिकता (एआई), डिपफेक र इन्फ्लुएन्सर मार्केटिङका कारण विज्ञापन नियमन थप चुनौतीपूर्ण बनेको उल्लेख गर्दै बोर्डले आवश्यक कानुनी, प्राविधिक र जनशक्तिगत क्षमता विकास गर्ने योजना बनाएको छ।

सरकारी विज्ञापन वितरणमा एकद्वार प्रणाली

सरकारी निकायबाट प्रकाशन तथा प्रसारण हुने लोककल्याणकारी र अन्य विज्ञापन बोर्डमार्फत व्यवस्थापन गर्ने योजना अघि सारिएको छ। यसबाट विज्ञापन वितरण, भुक्तानी र अनुगमन प्रक्रियालाई पारदर्शी तथा व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।

त्यस्तै, लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण, विज्ञापन एजेन्सी दर्ता तथा नवीकरण र सञ्चारमाध्यम सूचीकरण प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउने योजना पनि प्रतिवेदनमा उल्लेख छ।

अनलाइन सञ्चारमाध्यमको सूचीकरण बढ्यो

आर्थिक वर्ष २०८२/८३ मा बोर्डले १९७ अनलाइन सञ्चारमाध्यमको सूचीकरण र २६८ को नवीकरण गरेको छ। यस अवधिमा २० रेडियोको सूचीकरण र ४४४ को नवीकरण तथा आठ टेलिभिजनको सूचीकरण र ९० को नवीकरण गरिएको छ।

त्यसैगरी, ९२ विज्ञापन एजेन्सीको सूचीकरण र ३२४ को नवीकरण भएको छ। पत्रपत्रिकातर्फ ९९ वटाको सूचीकरण र २७६ वटाको नवीकरण गरिएको प्रतिवेदनमा उल्लेख छ।

कानुन सुधार र संस्थागत सुदृढीकरणमा जोड

बोर्डले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ लगायत सम्बन्धित कानुन, नियमावली तथा मापदण्डलाई समयसापेक्ष संशोधन गर्ने योजना बनाएको छ। विज्ञापन क्षेत्रको अध्ययन, अनुसन्धान र दक्ष जनशक्ति उत्पादनका लागि विज्ञापन प्रतिष्ठान स्थापना गर्ने तयारीसमेत अघि बढाइनेछ।

प्रतिवेदनमा बोर्डको आन्तरिक प्रशासन तथा सेवा प्रवाहलाई डिजिटल प्रणालीमा रूपान्तरण गरिएको र हाल फछ्र्योट हुन बाँकी बेरुजु शून्य रहेको उल्लेख छ।

नियमनमा जनशक्ति र प्रविधिको अभाव चुनौती

विज्ञापन बजार विस्तार भए पनि पर्याप्त प्राविधिक जनशक्ति, संस्थागत संरचना, भौतिक पूर्वाधार र कानुनी स्पष्टताको अभावले नियमनमा कठिनाइ भइरहेको बोर्डले जनाएको छ।

अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममार्फत नेपालमा प्रसारित हुने विज्ञापनको निगरानी, विज्ञापनसम्बन्धी तथ्याङ्कको अभाव र सम्बन्धित निकायबीच समन्वयको कमीलाई पनि चुनौतीका रूपमा औँल्याइएको छ।

बोर्डले आगामी दिनमा डिजिटल नियमन, कानुनी सुधार, पारदर्शी विज्ञापन वितरण र उपभोक्ता हित संरक्षणलाई प्राथमिकता दिँदै विज्ञापन बजारलाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउने लक्ष्य राखेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

संसदीय सुनुवाइ समितिबाट दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मत अस्वीकृत
फ्ल्यास हेडिङ

संसदीय सुनुवाइ समितिबाट दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मत अस्वीकृत

अशोज २९, २०८३
रास्वपाको उम्मेदवार छनोट रूपरेखा सार्वजनिक
फ्ल्यास हेडिङ

रास्वपाको उम्मेदवार छनोट रूपरेखा सार्वजनिक

अशोज २९, २०८३
भूकम्पीय जोखिम व्यवस्थापनका लागि नेपाल र विश्व बैंकबीच सम्झौता
अर्थ/ब्यापार

भूकम्पीय जोखिम व्यवस्थापनका लागि नेपाल र विश्व बैंकबीच सम्झौता

अशोज २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

संसदीय सुनुवाइ समितिबाट दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मत अस्वीकृत

संसदीय सुनुवाइ समितिबाट दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मत अस्वीकृत

अशोज २९, २०८३
रास्वपाको उम्मेदवार छनोट रूपरेखा सार्वजनिक

रास्वपाको उम्मेदवार छनोट रूपरेखा सार्वजनिक

अशोज २९, २०८३
भूकम्पीय जोखिम व्यवस्थापनका लागि नेपाल र विश्व बैंकबीच सम्झौता

भूकम्पीय जोखिम व्यवस्थापनका लागि नेपाल र विश्व बैंकबीच सम्झौता

अशोज २९, २०८३
बैंकमा पैसा थुप्रियो, उद्योगमा लगानी र रोजगारी विस्तार सुस्त

बैंकमा पैसा थुप्रियो, उद्योगमा लगानी र रोजगारी विस्तार सुस्त

अशोज २९, २०८३
डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड

डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड

अशोज २९, २०८३
बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता

बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता

अशोज २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व