काठमाडौं । बडादसैं नजिकिएसँगै काठमाडौं उपत्यका छाडेर घर फर्किने यात्रुको सङ्ख्या बढ्न थालेको छ। दसैंको पाँचौँ दिन आज बिहानैदेखि गोंगबुस्थित नयाँ बसपार्कमा गाउँ फर्किने यात्रुको भीड लागेको छ।
रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिक दसैं मनाउन आफ्नो गाउँघर फर्किन थालेका हुन्। अग्रिम टिकट बुकिङ गरेका तथा तत्काल टिकट काटेर यात्रा गर्न खोज्ने यात्रुका कारण बसपार्कका टिकट काउन्टरमा लामो लाइन लागेको छ।

यात्रुको चाप बढेसँगै बसपार्क परिसरका टिकट काउन्टर, प्रतीक्षालय तथा सवारीसाधन छुट्ने स्थानमा बिहानैदेखि चहलपहल बढेको छ। उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरूमा समेत सवारीसाधनको चाप बढेको छ।
दसैं मनाउन घर फर्किने क्रम बढेसँगै राजधानीबाट बाहिरिने यात्रुको चहलपहल थप बढ्ने देखिएको छ।










Discussion about this post