Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २८, २०८३
सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सञ्चारमाध्यम, पत्रकार तथा पत्रकारसम्बद्ध संस्थाका लागि विनियोजन हुँदै आएको बजेटमा भारी कटौती गरेको भन्दै नेपाल पत्रकार महासंघ कञ्चनपुरले आपत्ति जनाएको छ ।

महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै लोककल्याणकारी विज्ञापन, पत्रकारको क्षमता विकास, पेसागत सुरक्षा र संस्थागत विकासका लागि विनियोजन हुँदै आएको बजेट कटौती गर्नु प्रेस क्षेत्रप्रतिको उपेक्षापूर्ण व्यवहार भएको जनाएको हो ।

महासंघका सचिव कुन्दन पाण्डेयद्वारा जारी विज्ञप्तिमा नागरिकको सूचनाको हक सुनिश्चित गर्न, सुशासन र पारदर्शिता प्रवर्द्धन गर्न तथा सरकारलाई जनताप्रति उत्तरदायी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख छ । सञ्चार क्षेत्रलाई थप सशक्त, व्यावसायिक र आत्मनिर्भर बनाउन पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा बजेट कटौती गरिनु दुर्भाग्यपूर्ण भएको महासंघको ठहर छ ।

महासंघले लोककल्याणकारी विज्ञापनको रकम वृद्धि, पत्रकारको क्षमता अभिवृद्धि, पेसागत सुरक्षा तथा महासंघको संस्थागत र संरचनात्मक विकासका लागि प्रदेशका मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुनमन्त्री, अन्य मन्त्री तथा प्रदेशसभा सदस्यहरूको पटक–पटक ध्यानाकर्षण गराउँदासमेत मागको सुनुवाइ नभएको जनाएको छ ।

विज्ञप्तिमा सञ्चार क्षेत्रको बजेट कटौतीले स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउनुका साथै प्रदेश सरकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको उल्लेख छ । महासंघले कटौती गरिएको बजेट पुनःस्थापित गर्न र सञ्चारमाध्यम तथा पत्रकारको व्यावसायिक विकासका लागि पर्याप्त बजेट विनियोजन गर्न प्रदेश सरकारसँग माग गरेको छ ।

त्यस्तै प्रदेशसभाबाट पारित बजेट तथा योजनामा जनताको वास्तविक आवश्यकता र प्राथमिकताभन्दा अन्य स्वार्थ, कमिसनको चलखेल तथा पहुँचका आधारमा योजना छनोट भएको र अनियमितताले प्राथमिकता पाएको भन्ने जनगुनासोप्रति पनि महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

बजेट विनियोजनमा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न, सम्भावित अनियमितताको छानबिन गर्न तथा सार्वजनिक हित र विकासका वास्तविक प्राथमिकताका आधारमा बजेट पुनरावलोकन गर्न महासंघले प्रदेश सरकारसँग आग्रह गरेको छ ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरले जारी गरेको विज्ञप्ति

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३
जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’
देश/राष्ट्रिय

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

अशोज २८, २०८३
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

अशोज २८, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

अशोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

अशोज २८, २०८३
प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व