काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रम बुधबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १ सय रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ४ हजार ३ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर ४ हजार २ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।










Discussion about this post