Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी,

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २३, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी,
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। निर्वाचन समितिका अनुसार दिउँसो ३ बजेसम्म मतदान सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने आजै मतगणना सुरु गर्ने तयारी छ।

ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशबाट पहिलो मत खसालेका छन्। खराब मौसम र प्राविधिक कारणले हिजोका लागि तय गरिएको मतदान आज बिहानका लागि सारिएको थियो।

निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार कुल ७ हजार ३ सय १७ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। मतपत्र छपाइमा ढिलाइ हुनुका साथै रातिको समयमा मतदान गर्दा प्रतिनिधिलाई कठिनाइ हुने भएकाले मतदान कार्यतालिका परिवर्तन गरिएको हो।

महाधिवेशन एक दिन लम्बिएपछि शुक्रबार प्रतिनिधिहरूको होटल बसाइ र खानाको खर्च पार्टीले नै बेहोर्ने आर्थिक व्यवस्थापन समितिले जनाएको छ।

मतदानका लागि प्रदेश तथा समूहअनुसार छुट्टाछुट्टै केन्द्र तोकिएका छन्। मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। मतदानस्थलमा मोबाइल फोनलगायत निषेधित सामग्री लैजान नपाइने निर्वाचन समितिले जनाएको छ।

मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी आजै मतगणना सुरु गर्ने तयारी छ। १५औँ महाधिवेशनले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने भएकाले कांग्रेसको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा रोचक बनेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सङ्क्रमणकालीन न्यायलाई गति दिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय प्रतिवेदकको आग्रह
फ्ल्यास हेडिङ

सङ्क्रमणकालीन न्यायलाई गति दिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय प्रतिवेदकको आग्रह

कार्तिक २१, २०८३
कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की प्रस्थान
अर्थतन्त्र

कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की प्रस्थान

कार्तिक २१, २०८३
चीनलाई ८४ रनले हराउँदै नेपाली यू–१९ महिला टोलीको लगातार चौथो जित
फ्ल्यास हेडिङ

चीनलाई ८४ रनले हराउँदै नेपाली यू–१९ महिला टोलीको लगातार चौथो जित

कार्तिक २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सङ्क्रमणकालीन न्यायलाई गति दिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय प्रतिवेदकको आग्रह

सङ्क्रमणकालीन न्यायलाई गति दिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय प्रतिवेदकको आग्रह

कार्तिक २१, २०८३
कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की प्रस्थान

कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की प्रस्थान

कार्तिक २१, २०८३
चीनलाई ८४ रनले हराउँदै नेपाली यू–१९ महिला टोलीको लगातार चौथो जित

चीनलाई ८४ रनले हराउँदै नेपाली यू–१९ महिला टोलीको लगातार चौथो जित

कार्तिक २१, २०८३
तिहारले चलायमान बनाउँदै अर्थतन्त्र, साढे २ अर्बको भाइमसला आयात

तिहारले चलायमान बनाउँदै अर्थतन्त्र, साढे २ अर्बको भाइमसला आयात

कार्तिक २१, २०८३
लक्ष्मीपूजामा विद्युत्को माग १ हजार ७०० मेगावाट पुग्ने अनुमान, उत्पादन पर्याप्त हुने

लक्ष्मीपूजामा विद्युत्को माग १ हजार ७०० मेगावाट पुग्ने अनुमान, उत्पादन पर्याप्त हुने

कार्तिक २१, २०८३
कोप–३१ मा नेपालको आफ्नै प्याभिलियन, हिमालका मुद्दालाई प्राथमिकता दिइने

कोप–३१ मा नेपालको आफ्नै प्याभिलियन, हिमालका मुद्दालाई प्राथमिकता दिइने

कार्तिक २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व