काठमाण्डौ — रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा पछिल्लो विवरणअनुसार १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ रुपैयाँ मौज्दात पुगेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा गरी १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ रुपैयाँ मौज्दात रहेको छ।
यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ।
भोटेकोशी बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउन सरकारले आह्वान गरेपछि विभिन्न व्यक्ति, संस्था तथा निजी क्षेत्रबाट कोषमा रकम जम्मा हुने क्रम बढेको हो।










Discussion about this post