कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार बसेको बैठकले ७ प्रदेश, ३ विभागीय टोली र गैरआवासीय नेपालीको एक टोली गरी ११ टोलीले प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको हो।
वीरेन्द्रनगरस्थित कभर्ड हलमा बसेको बैठकले नेपाल सरकारको भदौ २२ गतेको निर्णयअनुसार प्रतियोगिता आयोजनासम्बन्धी विभिन्न निर्णय गरेको छ। प्रतियोगिताको सम्पूर्ण खर्च नेपाल सरकारबाट प्राप्त १०औँ राष्ट्रिय खेलकुद आयोजनाको बजेटबाट गरिनेछ।
प्रतियोगितामा एथलेटिक्स, फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, बक्सिङ, ब्याडमिन्टन, टेबल टेनिस, तेक्वान्दो, जुडो, पौडी, भारोत्तोलन, साइक्लिङ, सुटिङ, आर्चरी, टेनिस, हक्की, रग्बी, खो–खो, बुद्धिचाललगायत ३२ खेलमा प्रतिस्पर्धा हुनेछ।
बैठकले १०औँ राष्ट्रिय खेलकुद सम्पन्न भएपछि पहिलोपटक पारा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णयसमेत गरेको छ।
कर्णालीमा हुने राष्ट्रिय खेलकुदले देशभरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर दिने अपेक्षा गरिएको छ।











Discussion about this post