Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सरकार संवादविहीन बन्दै अधिनायकवादतर्फ उन्मुख छ : शंकर पोखरेल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १८, २०८३
सरकार संवादविहीन बन्दै अधिनायकवादतर्फ उन्मुख छ : शंकर पोखरेल
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकार राजनीतिक दल, संसद् र नागरिकसँग संवाद नगरी अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले सरकारको संवादहीन कार्यशैलीले आगामी दिनमा थप संकट निम्तिन सक्ने भन्दै चिन्ता व्यक्त गरे। उनले लोकतन्त्रको भविष्यप्रति समेत गम्भीर प्रश्न उठेको बताए।

पोखरेलले प्रधानमन्त्रीले आफूले नेतृत्व गरेको संसदीय दल र जनतासँग समेत पर्याप्त संवाद नगरेको आरोप लगाए। ‘हामी लोकतन्त्रतर्फ अघि बढिरहेका छौँ कि अधिनायकवादतर्फ?’ भन्दै उनले प्रश्न गरे।

उनले लोकतन्त्रको रक्षा र राष्ट्रिय संकट समाधानका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताए। विगतमा लोकतन्त्रवादी तथा वामपन्थी शक्तिहरूले राणा शासन र राजतन्त्रविरुद्ध एकताबद्ध भएर संघर्ष गरेझैँ अहिले पनि राष्ट्रिय सवालमा साझा धारणा बनाउनुपर्ने उनको भनाइ थियो।

पोखरेलले जनताले स्थायित्व, सुशासन र विकासका लागि एउटै दललाई झन्डै दुई तिहाइको जनादेश दिएको स्मरण गराउँदै त्यसअनुसार सरकार अघि बढ्न नसकेको दाबी गरे।

उनका अनुसार मुलुकको वर्तमान अवस्था, भूराजनीतिक परिस्थिति र राष्ट्रिय सुरक्षाका विषयमा सबै राजनीतिक दल गम्भीर हुनुपर्ने अवस्था छ।

‘राष्ट्रिय सवालमा हामी सबै दल एक ठाउँमा आउनुपर्छ। जनता र छिमेकीलाई समेत आश्वस्त पार्नुपर्ने आवश्यकता छ,’ पोखरेलले भने।

सरकारले सुशासन र विकासको जनादेश पाए पनि सेवा प्रवाह प्रभावकारी हुन नसकेको तथा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटाउन नसकेको उनले आरोप लगाए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कांग्रेस महाधिवेशनमा शीर्ष नेताको जमघट, लामिछानेदेखि प्रचण्डसम्म सहभागी
फ्ल्यास हेडिङ

कांग्रेस महाधिवेशनमा शीर्ष नेताको जमघट, लामिछानेदेखि प्रचण्डसम्म सहभागी

अशोज १८, २०८३
लिङ्देनको टिप्पणी : संविधान अपरिवर्तनीय होइन, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ
फ्ल्यास हेडिङ

लिङ्देनको टिप्पणी : संविधान अपरिवर्तनीय होइन, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ

अशोज १८, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो
अर्थतन्त्र

सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो

अशोज १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३
धनगढीमा ‘कान्छा दाई’को होम डेलिभरी सेवा सुरु

धनगढीमा ‘कान्छा दाई’को होम डेलिभरी सेवा सुरु

अशोज १८, २०८३
कांग्रेस महाधिवेशनमा शीर्ष नेताको जमघट, लामिछानेदेखि प्रचण्डसम्म सहभागी

कांग्रेस महाधिवेशनमा शीर्ष नेताको जमघट, लामिछानेदेखि प्रचण्डसम्म सहभागी

अशोज १८, २०८३
सरकार संवादविहीन बन्दै अधिनायकवादतर्फ उन्मुख छ : शंकर पोखरेल

सरकार संवादविहीन बन्दै अधिनायकवादतर्फ उन्मुख छ : शंकर पोखरेल

अशोज १८, २०८३
लिङ्देनको टिप्पणी : संविधान अपरिवर्तनीय होइन, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ

लिङ्देनको टिप्पणी : संविधान अपरिवर्तनीय होइन, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ

अशोज १८, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो

अशोज १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व