Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दशैं बिदामा विद्यार्थी लक्षित सात दिने आवासीय प्रशिक्षण सञ्चालन गर्दै हिन्दू स्वयंसेवक संघ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १७, २०८३
दशैं बिदामा विद्यार्थी लक्षित सात दिने आवासीय प्रशिक्षण सञ्चालन गर्दै हिन्दू स्वयंसेवक संघ
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बडा दशैं तथा शारदीय नवरात्रको अवसरमा हिन्दू स्वयंसेवक संघ नेपालले विद्यार्थीलाई लक्षित गरी सात दिने आवासीय प्राथमिक वर्ग सञ्चालन गर्ने भएको छ।

विद्यालयहरूमा दशैं बिदा हुने समयलाई लक्षित गर्दै आयोजना गर्न लागिएको प्रशिक्षणमा विद्यार्थीलाई संस्कार, संस्कृति, अनुशासन, राष्ट्रप्रेम, सामूहिक भावना तथा मानवीय मूल्यबारे प्रशिक्षण दिइने संघका राष्ट्रिय कार्यवाह हर्केश बिष्टले जानकारी दिएका छन्।

संघका अनुसार सात दिने आवासीय प्रशिक्षणमा सहभागीलाई शारीरिक तथा बौद्धिक दुई प्रमुख आयाममा प्रशिक्षण दिइनेछ। प्रशिक्षणमा योग, सूर्य नमस्कार, व्यायाम, खेलकुद तथा आत्मरक्षाका आधारभूत अभ्याससँगै विभिन्न बौद्धिक तथा वैचारिक सत्र सञ्चालन गरिनेछ।

संघले प्राथमिक वर्गलाई नयाँ स्वयंसेवकका लागि संगठनको कार्यपद्धति, उद्देश्य र गतिविधिसँग परिचित गराउने प्रारम्भिक आवासीय प्रशिक्षणका रूपमा व्याख्या गरेको छ। सहभागीलाई सामूहिक जीवनशैली, समय व्यवस्थापन, जिम्मेवारीबोध तथा अनुशासनको अभ्यास गराइने जनाइएको छ।

शारीरिक र बौद्धिक प्रशिक्षण

प्रशिक्षणका क्रममा बिहान तथा बेलुकाका सत्रमा योग, सूर्य नमस्कार, व्यायाम, विभिन्न खेल तथा आत्मरक्षासम्बन्धी अभ्यास गराइनेछ। नियुद्ध र दण्ड सञ्चालनजस्ता अभ्यास पनि प्रशिक्षणको हिस्सा हुने संघले जनाएको छ।

यस्तै, राष्ट्रप्रेम, कला–संस्कृति, संस्कार, सामाजिक जिम्मेवारी र मानवीय मूल्य–मान्यताका विषयमा बौद्धिक तथा वैचारिक अभिमुखीकरण गरिनेछ।

खेलमार्फत सामूहिक भावना र नेतृत्वको अभ्यास

प्रशिक्षणमा खेलकुदलाई शारीरिक अभ्याससँगै सामूहिक भावना, सहकार्य, अनुशासन तथा नेतृत्व विकासको माध्यमका रूपमा प्रयोग गरिने संघले जनाएको छ।

सामूहिक खेलका क्रममा सहभागीहरूले समूहमा काम गर्ने, नियम पालना गर्ने, टोलीगत निर्णयअनुसार अघि बढ्ने तथा जित–हारलाई सहज रूपमा स्वीकार गर्ने अभ्यास गर्ने बताइएको छ।

सामूहिक जीवनशैलीमा जोड

आवासीय प्रशिक्षणमा सहभागीले निर्धारित दैनिक तालिकाअनुसार विभिन्न गतिविधिमा सहभागी हुनुपर्नेछ। बिहानदेखि रातिसम्मको समयतालिकामा शारीरिक अभ्यास, बौद्धिक सत्र, भोजन, खेलकुद तथा विश्रामका कार्यक्रम समेटिनेछन्।

संघका अनुसार सामूहिक रूपमा बस्ने, भोजन गर्ने र विभिन्न गतिविधिमा सहभागी हुने अभ्यासले सहभागीमा समयपालन, आत्मअनुशासन तथा जिम्मेवारीबोध विकास गर्न सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ।

प्रशिक्षणपछि सहभागीले आफ्नो गाउँ, टोल वा विद्यालयमा नियमित गतिविधि सञ्चालन गर्न आवश्यक आधारभूत सीप प्राप्त गर्ने संघको भनाइ छ। प्राथमिक वर्गलाई संघका थप प्रशिक्षण तथा स्वयंसेवक विकास कार्यक्रमका लागि प्रारम्भिक आधारका रूपमा समेत लिइएको जनाइएको छ।

संघले दशैं बिदाको समयलाई उपयोग गर्दै नयाँ पुस्तालाई संस्कार, संस्कृति र सामाजिक जिम्मेवारीसँग जोड्ने उद्देश्यले प्रशिक्षण आयोजना गर्न लागेको जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कांग्रेस महाधिवेशनमा शीर्ष नेताको जमघट, लामिछानेदेखि प्रचण्डसम्म सहभागी
फ्ल्यास हेडिङ

कांग्रेस महाधिवेशनमा शीर्ष नेताको जमघट, लामिछानेदेखि प्रचण्डसम्म सहभागी

अशोज १८, २०८३
सरकार संवादविहीन बन्दै अधिनायकवादतर्फ उन्मुख छ : शंकर पोखरेल
फ्ल्यास हेडिङ

सरकार संवादविहीन बन्दै अधिनायकवादतर्फ उन्मुख छ : शंकर पोखरेल

अशोज १८, २०८३
लिङ्देनको टिप्पणी : संविधान अपरिवर्तनीय होइन, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ
फ्ल्यास हेडिङ

लिङ्देनको टिप्पणी : संविधान अपरिवर्तनीय होइन, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ

अशोज १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३
धनगढीमा ‘कान्छा दाई’को होम डेलिभरी सेवा सुरु

धनगढीमा ‘कान्छा दाई’को होम डेलिभरी सेवा सुरु

अशोज १८, २०८३
कांग्रेस महाधिवेशनमा शीर्ष नेताको जमघट, लामिछानेदेखि प्रचण्डसम्म सहभागी

कांग्रेस महाधिवेशनमा शीर्ष नेताको जमघट, लामिछानेदेखि प्रचण्डसम्म सहभागी

अशोज १८, २०८३
सरकार संवादविहीन बन्दै अधिनायकवादतर्फ उन्मुख छ : शंकर पोखरेल

सरकार संवादविहीन बन्दै अधिनायकवादतर्फ उन्मुख छ : शंकर पोखरेल

अशोज १८, २०८३
लिङ्देनको टिप्पणी : संविधान अपरिवर्तनीय होइन, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ

लिङ्देनको टिप्पणी : संविधान अपरिवर्तनीय होइन, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ

अशोज १८, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो

अशोज १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व