काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने आगामी श्रृंखलाका लागि नेपालले १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। टोलीको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन्।
टोलीमा केही महत्वपूर्ण परिवर्तन गरिएको छ। नियमित ओपनर कुशल भुर्तेल यसपटक टोलीमा परेका छैनन् भने तीव्र गतिका बलर सोमपाल कामी पनि बाहिरिएका छन्।
यता नन्दन यादवले एकदिवसीय टोलीमा पुनरागमन गरेका छन्। साथै साहब आलम र शेर मल्ललाई पनि टोलीमा समावेश गरिएको छ।
नेपालको टोलीमा अनुभवी खेलाडीहरूसँगै युवा खेलाडीलाई समेत निरन्तरता दिइएको छ। लिग–२ अन्तर्गतको ओमान श्रृंखला असोज २१ गते (अक्टोबर ७) बाट सुरु हुनेछ।
नेपालको १५ सदस्यीय टोली
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, वसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल।










Discussion about this post