काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो।
मूल्य बढेसँगै छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ पुगेको छ। बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँ थियो।
यसअनुसार आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।










Discussion about this post