काठमाण्डौ — यस वर्षको मनसुन नेपालबाट बाहिरिने चरणमा पुगेको छ। मनसुन बाहिरिने औसत मिति अक्टोबर २ रहे पनि ठ्याक्कै कहिले बाहिरिन्छ भन्ने निश्चित नभएको मौसमविद्हरूले बताएका छन्।
मनसुन देशभरबाट एकैपटक बाहिरिँदैन। सामान्यतया पश्चिमी क्षेत्रबाट क्रमशः हट्दै पूर्वी क्षेत्रबाट बाहिरिने गर्छ।
यस वर्ष मनसुन औसत समयभन्दा केही ढिला नेपाल प्रवेश गरेको थियो। अहिले मनसुन कमजोर हुँदै गएकाले तत्काल ठूलो वर्षाको सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यद्यपि, कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ।










Discussion about this post