काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा झरेको हो।
बिहीबार नेप्से परिसूचक ०.२६ अंकले बढेर २ हजार ५९९.१५ विन्दुमा पुगेको थियो। सो दिन ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
शुक्रबार कारोबार रकममा पनि कमी आएको छ। आज ३५६ वटा स्क्रिप्सका १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबार भएका कम्पनीमध्ये ६१ वटा स्टक्सको मूल्य बढ्दा २०७ वटाको घटेको छ भने ११ वटा स्टक्सको मूल्य स्थिर रह्यो।
आज १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९/९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशतले बढेको छ। त्यस्तै, १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ को मूल्य ८.८० प्रतिशतले बढेको छ। सिन्धु विकास बैंकको सेयर मूल्य भने सर्वाधिक ८.५५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ शीर्ष स्थानमा रह्यो। यसको करिब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १५ करोड, आँखुखोला जलविद्युतको १४ करोड, घलेम्दी हाइड्रोपावरको १३ करोड र हिमालयन डिस्टिलरीको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
म्युचुअल फन्डबाहेक अन्य अधिकांश समूहका उपसूचक नकारात्मक देखिएका छन्।











Discussion about this post