Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जलवायु जोखिम बढेपछि अन्नपूर्ण आधार शिविरमा विशेष बैठक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १५, २०८३
जलवायु जोखिम बढेपछि अन्नपूर्ण आधार शिविरमा विशेष बैठक
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम न्यूनीकरण र जलवायु न्यायका लागि आवाज उठाएको छ।

चार हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा बुधबार गाउँ कार्यपालिकाको विशेष बैठक बसेर जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलताका विषयमा छलफल गरिएको हो।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार पछिल्लो मनसुनमा बाढी, पहिरो र नदी कटानका कारण अन्नपूर्ण क्षेत्रमा ठूलो क्षति भएको छ। मोदीखोला र किम्रुङ खोलामा आएको बाढीले सडक, होटल तथा अन्य पूर्वाधारमा क्षति पुर्‍याउनुका साथै बिरेठाँटी र स्याउली बजार जोखिममा परेका छन्।

बाढीका कारण पक्की सडक बग्दा पर्यटकीय गाउँ घान्द्रुकको पोखरासँगको प्रत्यक्ष सडक सम्पर्कसमेत करिब ४० दिन अवरुद्ध भएको थियो। विपद्बाट भएको कुल क्षतिको विवरण भने अझै पूर्ण रूपमा सङ्कलन हुन सकेको छैन।

अध्यक्ष केसीले तापक्रम वृद्धि र वर्षाको स्वरूपमा आएको परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणाली, जैविक विविधता, हिमनदी, जलस्रोत, कृषि, पर्यटन तथा स्थानीय जीविकोपार्जनमा चुनौती थपिएको बताउनुभयो।

गाउँपालिकाले जलवायु परिवर्तनबाट सिर्जित जोखिम स्थानीय तहको प्रयासबाट मात्र समाधान गर्न नसकिने निष्कर्ष निकाल्दै सङ्घ तथा प्रदेश सरकारबाट नीति, प्राविधिक सहयोग, पर्याप्त बजेट, जलवायु वित्तमा पहुँच, अनुसन्धान तथा अन्तरसरकारी समन्वय आवश्यक रहेको जनाएको छ।

बैठकले अन्नपूर्ण गाउँपालिकाको जलवायु उत्थानशीलता कार्ययोजना तयार गरी आगामी नीति, योजना तथा बजेट प्रक्रियामा समावेश गर्ने निर्णय गरेको गाउँपालिका प्रवक्ता भरतमान गुरुङले जानकारी दिनुभयो।

त्यस्तै, गाउँपालिकाका ११ वटै वडाको जलवायु जोखिम तथा संवेदनशीलता नक्सा तयार गर्ने, जोखिमलाई ध्यानमा राखेर योजना निर्माण तथा भू–उपयोग व्यवस्थापन गर्ने निर्णय गरिएको छ।

वर्षा, नदीको बहाव र पहिरोजस्ता जोखिमको पूर्वसूचना तथा आपत्कालीन सञ्चारलाई प्रभावकारी बनाउन स्थानीय पूर्वसूचना प्रणाली विकास गर्ने तथा सडक, पुल, पदमार्ग, खानेपानी, विद्यालय र स्वास्थ्य संस्थालगायत सार्वजनिक पूर्वाधारलाई जलवायु तथा विपद् जोखिमअनुकूल बनाउने निर्णय पनि बैठकले गरेको छ।

बैठकले जलवायुजन्य विपद्बाट हुने क्षति तथा नोक्सानीको नियमित अभिलेख राख्ने र विपद्, पूर्वाधार, जलवायु तथा पर्यटनसम्बन्धी तथ्याङ्कलाई क्रमशः एकीकृत गर्ने निर्णयसमेत गरेको छ।

गाउँपालिकाले अन्नपूर्ण आधार शिविरबाट उठाएको जलवायु न्यायको विषयलाई हिमाली क्षेत्र, हिमाली समुदाय, जैविक विविधता, जलस्रोत र पर्यटन संरक्षणसँग जोडेर अघि बढाउने जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शिवनाथमा शैक्षिक गुणस्तर सुधारका लागि विज्ञसँग छलफल हुँदै
फ्ल्यास हेडिङ

शिवनाथमा शैक्षिक गुणस्तर सुधारका लागि विज्ञसँग छलफल हुँदै

अशोज १५, २०८३
निर्वाचित भएको ६ महिनामै सांसद महताले कृषिमन्त्रीलाई सोधे १३ प्रश्न
फ्ल्यास हेडिङ

निर्वाचित भएको ६ महिनामै सांसद महताले कृषिमन्त्रीलाई सोधे १३ प्रश्न

अशोज १५, २०८३
जलविद्युत लाइसेन्सपछि आयोजनाको काम नियमित अनुगमन गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
फ्ल्यास हेडिङ

जलविद्युत लाइसेन्सपछि आयोजनाको काम नियमित अनुगमन गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

अशोज १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शिवनाथमा शैक्षिक गुणस्तर सुधारका लागि विज्ञसँग छलफल हुँदै

शिवनाथमा शैक्षिक गुणस्तर सुधारका लागि विज्ञसँग छलफल हुँदै

अशोज १५, २०८३
निर्वाचित भएको ६ महिनामै सांसद महताले कृषिमन्त्रीलाई सोधे १३ प्रश्न

निर्वाचित भएको ६ महिनामै सांसद महताले कृषिमन्त्रीलाई सोधे १३ प्रश्न

अशोज १५, २०८३
जलविद्युत लाइसेन्सपछि आयोजनाको काम नियमित अनुगमन गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

जलविद्युत लाइसेन्सपछि आयोजनाको काम नियमित अनुगमन गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

अशोज १५, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति गठन

अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति गठन

अशोज १५, २०८३
जलविद्युत्मा बाढीको ठूलो क्षति, हिउँदमा भारतबाट बिजुली आयात

जलविद्युत्मा बाढीको ठूलो क्षति, हिउँदमा भारतबाट बिजुली आयात

अशोज १५, २०८३
महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व