Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १४, २०८३
पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालको पूँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउन नयाँ धितोपत्रसम्बन्धी कानुन तत्काल निर्माण गरी संघीय संसद्मा पेश गर्न अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ।

बुधबार बसेको अर्थ समिति बैठकमा सरोकारवालासँग छलफल गरेपछि समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तर्जुमा गरी तत्काल संसद्मा प्रस्तुत गर्न अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको हो।

समितिका सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार नयाँ कानुनमा धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमनलाई प्रभावकारी बनाउँदै लगानीकर्ताको हित संरक्षण गर्ने व्यवस्था समेटिनुपर्नेछ। साथै नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको भूमिका, जिम्मेवारी र जवाफदेहिता स्पष्ट पार्नुपर्ने समितिको निष्कर्ष छ।

समितिले प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति दिनुअघि सम्बन्धित कम्पनीको पूँजी पर्याप्तता, प्रविधि, नेटवर्थ, वासलात तथा प्रतिफललगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गर्न पनि धितोपत्र बोर्डलाई निर्देशन दिएको छ। संस्थापकले धारण गर्नुपर्ने शेयर स्वामित्वसम्बन्धी व्यवस्थालाई समेत पुनरावलोकन गर्न समितिले भनेको छ।

यसैगरी नेप्सेको पुनःसंरचनाको कामलाई तीव्रता दिन र नेप्से अनलाइन ट्रेडिङ प्रणाली तथा डाटा प्रणालीमा देखिँदै आएको अवरोध समाधान गर्न समितिले निर्देशन दिएको छ। प्रविधिको स्तरोन्नतिसँगै साइबर सुरक्षाको उच्चतम प्रत्याभूति सुनिश्चित गर्न अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेलाई समितिले आग्रह गरेको छ।

दोस्रो बजारमा हुने मिलेमतोपूर्ण कारोबार, आपूर्ति नियन्त्रणमार्फत कृत्रिम अभाव सिर्जना गर्ने, कृत्रिम माग तथा मूल्य बढाउने, कर्नरिङ, सर्कुलर ट्रेडिङ र पम्प एन्ड डम्पजस्ता गतिविधिमाथि प्रभावकारी निगरानी बढाउन पनि समितिले निर्देशन दिएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्ति वा कम्पनीमाथि तत्काल आवश्यक कारबाही गर्न धितोपत्र बोर्ड र नेप्सेलाई भनिएको छ।

लामो समयदेखि रिक्त रहेको नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तत्काल नियुक्ति प्रक्रिया अघि बढाउन पनि अर्थ मन्त्रालयलाई समितिले निर्देशन दिएको सभापति बुढाथोकीले जानकारी दिए।

बैठकमा सहभागी लगानीकर्ताले विद्यमान धितोपत्र ऐनले आधुनिक पूँजी बजारका आवश्यकता पूर्ण रूपमा सम्बोधन गर्न नसकेको भन्दै नयाँ कानुनी व्यवस्था आवश्यक रहेको बताएका थिए। बजारमा हुने चलखेल, कृत्रिम मूल्यवृद्धि, गैरकानुनी कारोबार तथा साइबर जोखिम नियन्त्रणका लागि स्पष्ट र प्रभावकारी कानुनी प्रबन्ध गर्नुपर्ने उनीहरूको माग थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३
इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य
फ्ल्यास हेडिङ

इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य

अशोज १४, २०८३
नेप्से पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड
अर्थतन्त्र

नेप्से पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड

अशोज १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३
इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य

इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य

अशोज १४, २०८३
नेप्से पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड

नेप्से पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड

अशोज १४, २०८३
पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन

पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन

अशोज १४, २०८३
आज सुनको कारोबार कति मूल्यमा हुँदैछ?

आज सुनको कारोबार कति मूल्यमा हुँदैछ?

अशोज १४, २०८३
निजामती विधेयक फेरि संसद्मा, ३० वर्षे सेवा र ५५ वर्षे उमेरहद प्रस्ताव

निजामती विधेयक फेरि संसद्मा, ३० वर्षे सेवा र ५५ वर्षे उमेरहद प्रस्ताव

अशोज १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व