सुनसरी — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ को क्षेत्रीय सभापतिमा धरानका पूर्वमेयर तिलक राई निर्वाचित भएका छन्।
धरान सभागृहमा भएको निर्वाचनमा राईले ६ सय ६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विनोद आले मगरले १ सय १२ मत पाएका छन्। कुल ७ सय ८० मत खसेको थियो।
लामो समयदेखि कांग्रेसमा सक्रिय राई यसअघि धरान उपमहानगरपालिकाको मेयरसमेत भइसकेका छन्। क्षेत्रीय सभापतिमा निर्वाचित भएपछि उनले क्षेत्रभित्र पार्टी संगठनलाई थप व्यवस्थित र चलायमान बनाउने बताएका छन्।
सुनसरी–१ अन्तर्गत धरान उपमहानगरपालिकाका २०, बराहक्षेत्र नगरपालिकाका ५ र रामधुनी नगरपालिकाका २ वडाका क्षेत्रीय प्रतिनिधि निर्वाचनमा सहभागी भएका थिए।
सभापतिबाहेक अन्य पदमा भने निर्विरोध नेतृत्व चयन भएको जनाइएको छ। नयाँ नेतृत्वसँगै क्षेत्रीय संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीका विषयमा कांग्रेसभित्र छलफल सुरु भएको छ।










Discussion about this post