न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा पछिल्ला बाढी तथा पहिरोजस्ता विपद्ले जलवायु परिवर्तनको बढ्दो असर पुष्टि गरेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उद्घाटन सत्रमा उनले जलवायु संकटको असर अपेक्षाभन्दा तीव्र रूपमा देखिन थालेको बताए।
गुटेरेसले सन् २०२३ मा नेपाल भ्रमणका क्रममा हिमनदी पग्लिँदै गएको र ‘विश्वको छानो खसिरहेको’ चेतावनी दिएको स्मरण गर्दै जलवायु संकटबाट नेपालजस्ता कम उत्सर्जन गर्ने देश बढी प्रभावित भइरहेको बताए।
उनले जलवायु परिवर्तनबाट प्रभावित देशका लागि थप अनुकूलन वित्त र जलवायु न्याय आवश्यक रहेकोमा जोड दिए। साथै, विकसित देशहरूलाई जलवायु संकट सामना गर्न सहयोग बढाउन आग्रह गरे।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय बहस सेप्टेम्बर २२ देखि सुरु भएको छ। यसै क्रममा सेप्टेम्बर २३ मा जलवायु कार्य र न्यायपूर्ण संक्रमणसम्बन्धी उच्चस्तरीय कार्यक्रमसमेत हुँदैछ।










Discussion about this post