Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सार्क एजुकेसन फाउन्डेसनको आयोजनामा असोज ३ र ४ गते आयोजित ‘सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन २०८३’ सम्पन्न भएको छ ।

कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको सम्मेलनमा विद्यार्थीले आफ्ना अनुसन्धान, विचार, नवप्रवर्तन, कार्यशील नमुना तथा वास्तविक समस्याका व्यावहारिक समाधान प्रस्तुत गरेका थिए । सम्मेलनमा विद्यार्थीका अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकता दिइएको थियो ।

फाउन्डेसनका कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतका अनुसार सम्मेलनले विद्यार्थीमा अनुसन्धानप्रतिको रुचि, जिज्ञासा र सिर्जनशीलता बढाउनुका साथै आफ्ना खोज तथा नयाँ विचार प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ । अनुसन्धानलाई केवल शैक्षिक अभ्यासमा सीमित नराखी समुदाय तथा समाजका वास्तविक समस्या पहिचान र समाधान गर्ने माध्यमका रूपमा विकास गर्न सम्मेलनले प्रेरित गरेको उहाँले बताउनुभयो ।

फाउन्डेसनका प्लस टू संयोजक राजेश भण्डारीका अनुसार विद्यार्थीले आफ्नो ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्दै समुदायमा देखिएका समस्याको समाधान खोज्न सम्मेलनले प्रोत्साहन गरेको छ । विद्यार्थीका अनुसन्धान तथा नवप्रवर्तनलाई राष्ट्रियस्तरको मञ्च प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको उहाँले बताउनुभयो ।

दुईदिने सम्मेलनमा १६ वटा अनुसन्धान स्टल, दुईवटा प्यानल छलफल तथा १२ जना विद्यार्थी अनुसन्धानकर्ताले आफ्ना अनुसन्धान प्रस्तुत गरेका थिए । सम्मेलनमा विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, शिक्षाविद्, विज्ञ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत व्यक्तिको सहभागिता रहेको थियो ।

सम्मेलनको पहिलो दिन सांसद ज्ञानेन्द्र महता प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने दोस्रो दिन सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको आयोजकले जनाएको छ ।

सम्मेलनमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत व्यक्तिले युवा अनुसन्धानकर्तासँग अनुसन्धानका व्यावहारिक पक्ष, अनुभव तथा सम्भावनाबारे अन्तरक्रिया गरेका थिए । उनीहरूको मार्गदर्शनले विद्यार्थीलाई अनुसन्धानलाई व्यवहारिक समस्यासँग जोड्न सहयोग पुगेको आयोजकको भनाइ छ ।

युवा पुस्ताको जिज्ञासा, सिर्जनशीलता, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै अनुसन्धानमार्फत समुदाय तथा समाजका चुनौतीको समाधान खोज्न सक्षम बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको फाउन्डेसनले जनाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता
फ्ल्यास हेडिङ

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा
फ्ल्यास हेडिङ

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
फ्ल्यास हेडिङ

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३
बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

अशोज ५, २०८३
भोटेकोशी बाढीको असर जलविद्युत् कम्पनीको सेयरमा, मूल्यमा देखियो गिरावट

भोटेकोशी बाढीको असर जलविद्युत् कम्पनीको सेयरमा, मूल्यमा देखियो गिरावट

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व