काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति भएका खेलमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी भएका छन् भने म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।
भाइटालिटी स्टेडियममा भएको खेलमा लिभरपुलले बर्नमाउथलाई १–० ले पराजित गर्यो । लिभरपुलका लागि अलेक्जेन्डर इसाकले खेलको ५७औँ मिनेटमा निर्णायक गोल गरे ।
यस्तै, इतिहाद स्टेडियममा म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ गोलले हरायो । सिटीका लागि एन्टोइन सेमेन्योले दुई गोल गर्दा एन्जो फर्नान्डेज, रयान चेर्की र एर्लिङ हालान्डले एक–एक गोल गरे । सन्डरल्यान्डका ब्रायन ब्रोबीले ह्याट्रिक पूरा गरे ।
अर्को खेलमा म्यानचेस्टर युनाइटेड र फुलहमले १–१ गोलको बराबरी खेले । फुलहमले युनाइटेडका लिसान्द्रो मार्टिनेजको आत्मघाती गोलबाट अग्रता लिएको थियो । तर निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा माटेउस कुन्हाले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।
यस्तै, लिड्स युनाइटेड र क्रिस्टल प्यालेसबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।










Discussion about this post