Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ४, २०८३
राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–स्थित राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु भएको छ।

युवालाई कृषिमा सक्षम तथा आत्मनिर्भर बनाउने र रैथाने जातका बीउबिजनको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको पर्यावरणीय कृषि युवा सञ्जालले जनाएको छ। सम्मेलनमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कृषि युवा सञ्जालमा आबद्ध युवाहरुको सहभागिता रहेको छ।

सम्मेलनमा कृषि क्षेत्रमा विषादीको बढ्दो प्रयोग, त्यसबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्ने असर र पर्यावरणीय कृषि प्रवर्द्धनका विषयमा छलफल भइरहेको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका बाली संरक्षण प्राविधिक सत्यराज जोशीले करिब ८० प्रतिशत किसानले विषादीको गलत तरिकाले प्रयोग गरिरहेको बताउँदै पर्यावरणीय कृषि प्रवर्द्धनका लागि किसानको चेतनास्तर अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो।

उहाँले विषादीको उचित प्रयोग तथा त्यसले मानव स्वास्थ्य, माटो र वातावरणमा पार्ने असरबारे किसानलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो। साथै, आर्थिक वर्ष २०८२र८३ मा प्रदेश सरकारमार्फत सञ्चालित कार्यक्रमअन्तर्गत हिउँदे तथा वसन्ते बाली, तरकारी उत्पादन र जलवायु मैत्री कृषि प्रविधिलगायतका विषयमा युवा कृषकहरुलाई जानकारी गराउनुभयो।

कृषि युवा सञ्जालकी संयोजक रविना चौधरीले सञ्जालमा आबद्ध भएपछि युवाहरुमा आफ्ना कुरा राख्ने क्षमता बढेको र स्थानीय सरकारसँग विकास तथा कृषि क्षेत्रका लागि बजेट माग गर्न सक्ने अवस्था सिर्जना भएको बताउनुभयो।

सम्मेलनमा सहभागी युवाहरुले समूहगत छलफलमार्फत आ–आफ्नो पालिकामा कृषि युवा सञ्जालले गरेका गतिविधि, स्थानीय कृषि समस्या तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरेका छन्। सम्मेलनमा रैथाने बीउबिजनको संरक्षण, पर्यावरणीय कृषि, जलवायु मैत्री कृषि प्रविधि तथा युवाको कृषि क्षेत्रमा सहभागिताका विषयमा विभिन्न सत्र सञ्चालन हुने आयोजकले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय
फ्ल्यास हेडिङ

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी
फ्ल्यास हेडिङ

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी
अर्थतन्त्र

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

अशोज ४, २०८३
राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

अशोज ४, २०८३
हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व