Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

२०औँ एसियाडमा नेपालको झण्डा चन्द्रबहादुर र मानमतीको हातमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ४, २०८३
२०औँ एसियाडमा नेपालको झण्डा चन्द्रबहादुर र मानमतीको हातमा
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन भएको छ। उद्घाटन समारोहमा नेपाली बक्सर चन्द्रबहादुर थापामगर र महिला कबड्डी खेलाडी मानमती विष्टले नेपालको राष्ट्रिय झण्डा बोकेर मार्चपास गरेका छन्।

मिजुहो पार्क रङ्गशालामा आयोजित भव्य समारोहमा जापानका सम्राट नारुहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्। समारोहमा सहभागी राष्ट्रका खेलाडीको मार्चपाससँगै विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।

चन्द्रबहादुर थापामगरले गत वर्ष सम्पन्न विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए। मानमती विष्ट सन् २०२३ मा चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा कांस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी सदस्य हुन्।

यसपटक एसियाडमा नेपालले २१ खेलमा १३५ खेलाडी सहभागी गराएको छ। राष्ट्रिय खेलकुद परिषद्का अनुसार नेपाली टोलीमा ७८ पुरुष र ५७ महिला खेलाडी छन्। नेपाली खेलाडीले एथलेटिक्स, बक्सिङ, कराते, तेक्वान्दो, पौडी, कबड्डी, सुटिङ, भारोत्तोलन, जुडो, ब्याडमिन्टनलगायत विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्।

नेपालले विभिन्न खेलबाट पदक जित्ने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाएको छ। करातेकी एरिका गुरुङसहित बक्सिङ, कबड्डी तथा अन्य खेलका खेलाडीबाट पदकको अपेक्षा गरिएको छ। एरिकाले हाङ्झाउ एसियाडमा नेपालका लागि रजत पदक जितेकी थिइन्।

प्रतियोगितामा नेपालसहित ४५ देश र एक शरणार्थी टोलीका खेलाडी सहभागी छन्। एसियाली खेलकुद एसिया महादेशकै प्रमुख बहुखेलकुद प्रतियोगितामध्ये एक हो। प्रतियोगितामा सहभागी नेपाली खेलाडीले विभिन्न खेलमा आफ्नो क्षमता प्रदर्शन गर्दै पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एनपीएलमा लुम्बिनीको लगातार तेस्रो जित
खेलकुद

एनपीएलमा लुम्बिनीको लगातार तेस्रो जित

कार्तिक १९, २०८३
आधिकारिकताको लडाइँमा कुनै आर्थिक लेनदेन छैन : गगन थापा
फ्ल्यास हेडिङ

आधिकारिकताको लडाइँमा कुनै आर्थिक लेनदेन छैन : गगन थापा

कार्तिक १९, २०८३
दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारमा पनि कमी
अर्थ/ब्यापार

दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारमा पनि कमी

कार्तिक १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनपीएलमा लुम्बिनीको लगातार तेस्रो जित

एनपीएलमा लुम्बिनीको लगातार तेस्रो जित

कार्तिक १९, २०८३
आधिकारिकताको लडाइँमा कुनै आर्थिक लेनदेन छैन : गगन थापा

आधिकारिकताको लडाइँमा कुनै आर्थिक लेनदेन छैन : गगन थापा

कार्तिक १९, २०८३
दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारमा पनि कमी

दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारमा पनि कमी

कार्तिक १९, २०८३
प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेट, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेट, भारत भ्रमणबारे छलफल

कार्तिक १९, २०८३
कर्णालीको पर्यटन विकासमा १२ अर्ब ३१ करोड बजेट, पाँच पदयात्रामार्ग निर्माणको योजना

कर्णालीको पर्यटन विकासमा १२ अर्ब ३१ करोड बजेट, पाँच पदयात्रामार्ग निर्माणको योजना

कार्तिक १९, २०८३
संघीयताको समीक्षा गर्दै संविधान संशोधनमा बहस गर्नुपर्छ : मुख्यमन्त्री शाही

संघीयताको समीक्षा गर्दै संविधान संशोधनमा बहस गर्नुपर्छ : मुख्यमन्त्री शाही

कार्तिक १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व