Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

फोहोरमैला व्यवस्थापन व्यवस्थित गर्न नयाँ विधेयक संसदमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २, २०८३
फोहोरमैला व्यवस्थापन व्यवस्थित गर्न नयाँ विधेयक संसदमा

मन्त्री गौतम प्रस्ताव पेस गर्नुहुँदै काठमाडौँ, १ भदौः सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै । तस्बिरः किरणराज विष्ट÷रासस

0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र वातावरणमैत्री बनाउने उद्देश्यले नयाँ विधेयक सङ्घीय संसद्मा पेस गरेको छ।

‘फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ मा शून्य फोहोर, चक्रीय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारीजस्ता अवधारणालाई समेटिएको छ।

विधेयकले फोहोर व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका तथा अधिकार स्पष्ट गरेको छ। सङ्घीय सरकारले राष्ट्रिय नीति र मापदण्ड बनाउने तथा राष्ट्रिय फोहोरमैला सूचना प्रणाली स्थापना गर्ने व्यवस्था गरिएको छ।

प्रदेशलाई पालिकाबीच समन्वय तथा प्रादेशिकस्तरका प्रशोधन केन्द्र निर्माणमा सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ। फोहोर सङ्कलन, ढुवानी, प्रशोधन र अन्तिम व्यवस्थापनको मुख्य जिम्मेवारी भने स्थानीय तहलाई तोकिएको छ।

नागरिकले घरबाट निस्कने फोहोर कुहिने, नकुहिने र जोखिमयुक्त गरी स्रोतबाटै छुट्याउनुपर्ने व्यवस्था विधेयकमा छ। जथाभाबी फोहोर फाल्ने, जलाउने, छुट्याइएको फोहोर मिसाउने वा व्यवस्थापनमा अवरोध गर्नेलाई कसुरअनुसार एक हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुने प्रस्ताव गरिएको छ।

त्यस्तै, मापदण्डभन्दा कम गुणस्तरका प्लास्टिकका झोला तथा सामग्रीको उत्पादन, बिक्री–वितरण र प्रयोगमा रोक लगाउन स्थानीय तहलाई अधिकार दिने व्यवस्था गरिएको छ।

विधेयकले फोहोरबाट प्राङ्गारिक मल, बायोग्यास र ऊर्जा उत्पादनलाई प्राथमिकता दिँदै पुनः प्रयोगयोग्य सामग्री सङ्कलनका लागि समुदायमा आधारित ‘फोहोर बैंक’ स्थापना गर्न सकिने व्यवस्था पनि गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी
फ्ल्यास हेडिङ

क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

अशोज २, २०८३
सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित
खेलकुद

सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

अशोज २, २०८३
बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान
फ्ल्यास हेडिङ

बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

अशोज २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

अशोज २, २०८३
सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

अशोज २, २०८३
बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

अशोज २, २०८३
प्रधानमन्त्री बालेन र जेन्जी सांसदबीच समसामयिक विषयमा छलफल

प्रधानमन्त्री बालेन र जेन्जी सांसदबीच समसामयिक विषयमा छलफल

अशोज २, २०८३
प्रि–ओपन सेसनमा नेप्से २.४६ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से २.४६ अंकले उकालो

अशोज २, २०८३
अर्थमन्त्री वाग्ले र सीतारमणबीच आर्थिक विषयमा छलफल

अर्थमन्त्री वाग्ले र सीतारमणबीच आर्थिक विषयमा छलफल

अशोज २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व