काठमाडौं । इंग्ल्यान्डले श्रीलंकाविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला एक खेल अगावै जितेको छ।
कार्डिफमा बुधबार भएको दोस्रो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ६ विकेटले पराजित गर्दै शृङ्खलामा २–० को अग्रता बनाएको हो।
श्रीलंकाले दिएको १४६ रनको लक्ष्य इंग्ल्यान्डले १२ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। इंग्ल्यान्डका टम बान्टनले अविजित ५२ रन बनाए।
यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो। श्रीलंकाका पाथुम निसान्काले ३७ रन बनाए।
शृङ्खलाको तेस्रो तथा अन्तिम खेल शुक्रबार ओल्ड ट्राफोर्डमा हुनेछ। त्यसपछि दुवै टोलीबीच तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ।










Discussion about this post