काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ। बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारीसहित समसामयिक तथा विविध विषयमा छलफल हुने बताइएको छ।










Discussion about this post