काठमाडौं । ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने नारासहित आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ।
बालमैत्री वातावरण निर्माण गर्दै बाल अधिकारको संरक्षण र प्रवर्द्धनमा नागरिक समाज तथा सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ।
यस वर्ष भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा प्रभावित बालबालिकाको उद्धार, राहत तथा संरक्षणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ। बाढीका कारण केही बालबालिकाले अभिभावक तथा संरक्षक गुमाएका छन् भने केही घाइते तथा बेपत्ता भएका छन्।
राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दका अनुसार प्रभावित बालबालिकालाई अस्थायी संरक्षण, मनोसामाजिक परामर्शलगायत आवश्यक सेवा उपलब्ध गराउन पहल भइरहेको छ।
दिवसको अवसरमा राष्ट्रिय बाल अधिकार परिषद्लगायत विभिन्न संघसंस्थाले बाल अधिकारसम्बन्धी कार्यक्रम आयोजना गरेका छन्।










Discussion about this post