Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तीन दिनपछि साँफे–मार्तडी सडक सञ्चालनमा, बाजुरामा विद्युत् सेवा अझै अवरुद्ध

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २३, २०८३
तीन दिनपछि साँफे–मार्तडी सडक सञ्चालनमा, बाजुरामा विद्युत् सेवा अझै अवरुद्ध
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बाजुरा । अविरल वर्षासँगै गएको पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बाजुराको मुख्य साँफे–मार्तडी सडकखण्ड मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। शनिबारदेखि परेको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा मार्तडी जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

बडीमालिका नगरपालिकाअन्तर्गत कारागार मोड, सेलागाड, सुवाकाँध, राप्का र बिरेखोलालगायतका क्षेत्रमा सडक माथिबाट ठूलो पहिरो खसेको थियो। सडक विभागका दुई वटा जेसीबी र प्राविधिक टोलीको निरन्तर प्रयासपछि पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।

सडक खुलेसँगै तीन दिनदेखि रोकिएका साना सवारीसाधन र यात्रुहरू गन्तव्यतर्फ लागेका छन्। भने कारागार मोड नजिकै खसेको ठूलो ढुंगा हटाउने काम जारी रहेकाले बस र ट्रकजस्ता ठूला सवारीसाधनको आवागमन अझै सहज हुन सकेको छैन।

तत्कालका लागि सडक सञ्चालनमा आए पनि पुनः भारी वर्षा भए पहिरो खस्ने जोखिम कायमै रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

यसैबीच, शनिबार रातिको पहिरोले राष्ट्रिय प्रसारण लाइनका करिब ३२ वटा विद्युत् पोल ढालेपछि बाजुरामा विद्युत् सेवा अवरुद्ध भएको छ। ३३ केभी लाइनका धेरै पोलमा क्षति पुगेकाले पूर्ण रूपमा विद्युत् सेवा सञ्चालन गर्न समय लाग्ने भए पनि मंगलबार साँझसम्म ११ केभी लाइन मर्मत गरी मार्तडी क्षेत्रमा विद्युत् आपूर्ति गर्ने तयारी गरिएको छ।

नेपाल विद्युत् प्राधिकरण बाजुराका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राधिकरणका प्राविधिक टोलीले ढलेका पोल गाड्ने काम सम्पन्न गरेका छन्। अहिले चुँडिएका तार जोड्ने तथा लाइन मर्मतको काम भइरहेको छ।

सडक र विद्युत् सेवा तीन दिनसम्म अवरुद्ध हुँदा बाजुराको जनजीवन प्रभावित भएको थियो भने सरकारी तथा गैरसरकारी कार्यालयका सेवा प्रवाहसमेत प्रभावित बनेका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन न्यूयोर्कमा सुरु
फ्ल्यास हेडिङ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन न्यूयोर्कमा सुरु

भदौ २४, २०८३
बाढीपछिको अवस्था बुझ्न प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छलफल गर्दै
फ्ल्यास हेडिङ

बाढीपछिको अवस्था बुझ्न प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छलफल गर्दै

भदौ २४, २०८३
रसुवा बाढी प्रभावितका लागि अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाउँदै सरकार
अर्थतन्त्र

रसुवा बाढी प्रभावितका लागि अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाउँदै सरकार

भदौ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोटेकोशी बाढीपीडितका लागि कञ्चनपुरका युवाले पठाए राहत सामग्री

भोटेकोशी बाढीपीडितका लागि कञ्चनपुरका युवाले पठाए राहत सामग्री

भदौ २४, २०८३
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन न्यूयोर्कमा सुरु

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन न्यूयोर्कमा सुरु

भदौ २४, २०८३
बाढीपछिको अवस्था बुझ्न प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छलफल गर्दै

बाढीपछिको अवस्था बुझ्न प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छलफल गर्दै

भदौ २४, २०८३
रसुवा बाढी प्रभावितका लागि अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाउँदै सरकार

रसुवा बाढी प्रभावितका लागि अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाउँदै सरकार

भदौ २४, २०८३
‘उद्योगीले साथ नदिँदा काठमाडौंमा ग्यास अभाव भयो’ : मन्त्री यादव

‘उद्योगीले साथ नदिँदा काठमाडौंमा ग्यास अभाव भयो’ : मन्त्री यादव

भदौ २४, २०८३
जेनजी आन्दोलन सत्ता परिवर्तनका लागि मात्रै थिएन, संस्कार परिवर्तनका लागि थियो : अर्जुननरसिंह केसी

जेनजी आन्दोलन सत्ता परिवर्तनका लागि मात्रै थिएन, संस्कार परिवर्तनका लागि थियो : अर्जुननरसिंह केसी

भदौ २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व