Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भोटेकोशी बाढीपीडितका लागि देश–विदेशबाट सहयोग जुट्दै, राहत वितरणमा चुनौती

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १८, २०८३
भोटेकोशी बाढीपीडितका लागि देश–विदेशबाट सहयोग जुट्दै, राहत वितरणमा चुनौती
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र आर्थिक सहयोग जुट्ने क्रम तीव्र बनेको छ।

उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकार, राजनीतिक दल, निजी क्षेत्र, स्थानीय तह तथा सर्वसाधारणले सहयोग गरिरहेका छन्। सातवटै प्रदेश सरकारले समेत बाढीपीडितका लागि आर्थिक सहयोग घोषणा गरेका छन्।

गण्डकी प्रदेश सरकारले ४ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ भने बागमती, लुम्बिनी र कोशी प्रदेशले ३–३ करोड तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशले २–२ करोड रुपैयाँ राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन्।

आर्थिक सहयोगसँगै प्रभावित नागरिकका लागि खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्रीलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने काम पनि भइरहेको छ। छिमेकी तथा मित्रराष्ट्रहरूले समेत नेपालमा आएको विपद्प्रति सहानुभूति जनाउँदै राहत सामग्री उपलब्ध गराइरहेका छन्।

भारतले प्रभावित क्षेत्रका लागि राहत सामग्री पठाउँदै आएको छ भने पाँचौँ खेपको राहत सामग्री नेपाल आइपुगेको छ। चीनले बेलिब्रिजसहित राहत सामग्रीको तेस्रो खेप नेपाल पठाउने तयारी गरेको छ। जापान र भुटानले पनि नेपाललाई राहत तथा सहयोग उपलब्ध गराएका छन्।

यद्यपि ठूलो परिमाणमा राहत सामग्री काठमाडौंमै जम्मा हुँदा प्रभावित क्षेत्रमा समयमै राहत पुग्न नसकेको भन्दै गुनासो बढेको छ। प्रभावित नागरिकले तत्काल आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्री, लत्ताकपडा तथा अन्य राहत सामग्री गाउँ–गाउँसम्म प्रभावकारी रूपमा पुर्‍याउन माग गरेका छन्।

यसैबीच, बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो आठ दिनमा मात्रै ५ अर्ब २० करोड ६० लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।

विपद् आउनुअघि कोषमा रहेको रकमसमेत जोड्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म ७ अर्ब ३७ करोड ६० लाख ७३ हजार रुपैयाँभन्दा बढी रकम जम्मा भएको जनाइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विपद् प्रभावितका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग
अर्थ/ब्यापार

विपद् प्रभावितका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग

भदौ १९, २०८३
नेपालमा आएको बाढीपहिरोप्रति विश्व तेक्वान्दोको दुःख व्यक्त
खेलकुद

नेपालमा आएको बाढीपहिरोप्रति विश्व तेक्वान्दोको दुःख व्यक्त

भदौ १९, २०८३
बाढीपीडितका लागि भारतले पठायो थप २१.५ टन मानवीय सहायता
अर्थ/ब्यापार

बाढीपीडितका लागि भारतले पठायो थप २१.५ टन मानवीय सहायता

भदौ १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् प्रभावितका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग

विपद् प्रभावितका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग

भदौ १९, २०८३
नेपालमा आएको बाढीपहिरोप्रति विश्व तेक्वान्दोको दुःख व्यक्त

नेपालमा आएको बाढीपहिरोप्रति विश्व तेक्वान्दोको दुःख व्यक्त

भदौ १९, २०८३
बाढीपीडितका लागि भारतले पठायो थप २१.५ टन मानवीय सहायता

बाढीपीडितका लागि भारतले पठायो थप २१.५ टन मानवीय सहायता

भदौ १९, २०८३
अमेरिकी बजेट कटौतीको असर नेपालमा, विपद् पूर्वसूचना परियोजना रोकिँदा जोखिम बढ्यो

अमेरिकी बजेट कटौतीको असर नेपालमा, विपद् पूर्वसूचना परियोजना रोकिँदा जोखिम बढ्यो

भदौ १९, २०८३
संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन्द्र शाह जाने तयारी

संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन्द्र शाह जाने तयारी

भदौ १९, २०८३
मर्निङ ग्लोरी स्कुलमा गौरा विशेष कार्यक्रम

मर्निङ ग्लोरी स्कुलमा गौरा विशेष कार्यक्रम

भदौ १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व