Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जलवायुजन्य विपद् बढ्दै जाँदा वन तथा वातावरण मन्त्रालयको आवश्यकता झन् बढ्यो

सन्जिब दुलाल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १७, २०८३
जलवायुजन्य विपद् बढ्दै जाँदा वन तथा वातावरण मन्त्रालयको आवश्यकता झन् बढ्यो
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पछिल्ला वर्षहरूमा हिमताल विस्फोटजन्य बाढी ९जीएलओएफ०, बाढी, पहिरो, डढेलो र खडेरीलगायत जलवायुजन्य विपद्का घटना बढ्दै जाँदा वन तथा वातावरण क्षेत्रको महत्व झन् बढेको छ। यस्ता विपद्का कारण जनधन, पूर्वाधार, कृषि तथा प्राकृतिक स्रोतमा क्षति पुग्नुका साथै वातावरणीय संकटसमेत गहिरिँदै गएको भन्दै वन तथा वातावरण हेर्ने छुट्टै र सक्षम मन्त्रालयको आवश्यकता औँल्याइएको छ।

वन प्राविधिक संघ, बागमती प्रदेशका अध्यक्ष उत्तम चापागाईंले जलवायु परिवर्तनका कारण बढिरहेका विपद् तथा वातावरणीय संकट सम्बोधन गर्न वन तथा वातावरण क्षेत्रलाई अझ बलियो र प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ।

उहाँका अनुसार हिमताल विस्फोटजन्य बाढी, बाढी, पहिरो, डढेलो र खडेरीको जोखिम बढिरहेको अवस्थामा वन संरक्षण, जैविक विविधता संरक्षण, जलाधार व्यवस्थापन तथा जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक छ।

चापागाईंले वन तथा वातावरण क्षेत्रको जिम्मेवारी अन्य क्षेत्रसँग गाभ्ने वा मन्त्रालयको संस्थागत संरचना कमजोर बनाउने निर्णयले दीर्घकालीन रूपमा वातावरणीय जोखिम व्यवस्थापनमा नकारात्मक असर पार्न सक्ने बताउनुभयो।

“अहिलेको अवस्थामा वन तथा वातावरण क्षेत्रको महत्व झन् बढेको छ। जलवायुजन्य विपद् बढिरहेका बेला यस क्षेत्रको संस्थागत क्षमता कमजोर बनाउने होइन, थप सुदृढ बनाउन आवश्यक छ,” उहाँले भन्नुभयो।

उहाँले वनलाई काठ तथा वन पैदावारको स्रोतका रूपमा मात्र बुझ्न नहुने बताउँदै जलाधार संरक्षण, जैविक विविधता, भू–क्षय नियन्त्रण, पानीका स्रोतको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा वनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो।

वन तथा वातावरणसम्बन्धी नीति, योजना तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै र सक्षम संस्थागत संरचना आवश्यक रहेको उहाँको भनाइ छ।

नेपाल सरकार तथा प्रदेश सरकारले वन तथा वातावरण क्षेत्रको संवेदनशीलता र दीर्घकालीन महत्वलाई अपेक्षित रूपमा सम्बोधन गर्न नसकेको चापागाईंको गुनासो छ। मन्त्रालयको संख्या घटाउने वा वन तथा वातावरणसम्बन्धी जिम्मेवारीलाई अन्य क्षेत्रसँग गाभ्ने निर्णयले संस्थागत क्षमता कमजोर पार्नुका साथै विपद् पूर्वतयारी, जलवायु अनुकूलन र प्राकृतिक स्रोत व्यवस्थापनमा समेत असर पार्न सक्ने उहाँले बताउनुभयो।

नेपाल जलवायु परिवर्तनका असरका दृष्टिले उच्च जोखिममा रहेको मुलुक भएकाले वन, जैविक विविधता, जलाधार तथा जलवायु नीतिलाई समन्वित रूपमा अघि बढाउन सक्षम संस्थागत संरचना अपरिहार्य रहेको चापागाईंको भनाइ छ।

उहाँले तत्कालीन प्रशासनिक लाभ वा मन्त्रालयको संख्या घटाउने विषयलाई मात्र प्राथमिकता नदिई देशको दीर्घकालीन वातावरणीय सुरक्षा र भावी पुस्ताको हितलाई केन्द्रमा राखेर निर्णय गर्न सरकारलाई आग्रह गर्नुभएको छ।

“जलवायुजन्य विपद्का घटना बढिरहेको वर्तमान अवस्थामा वन तथा वातावरण क्षेत्रको संस्थागत क्षमता घटाउने होइन, अझ प्रभावकारी, स्रोतसम्पन्न र उत्तरदायी बनाउनुपर्ने समय आएको छ,” उहाँले भन्नुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
फ्ल्यास हेडिङ

गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब

भदौ १७, २०८३
बेदकोट–५ बाट भोटेकोशी बाढीपीडितलाई २ लाख ३० हजार सहयोग
अर्थतन्त्र

बेदकोट–५ बाट भोटेकोशी बाढीपीडितलाई २ लाख ३० हजार सहयोग

भदौ १७, २०८३
बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो
फ्ल्यास हेडिङ

बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो

भदौ १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायुजन्य विपद् बढ्दै जाँदा वन तथा वातावरण मन्त्रालयको आवश्यकता झन् बढ्यो

जलवायुजन्य विपद् बढ्दै जाँदा वन तथा वातावरण मन्त्रालयको आवश्यकता झन् बढ्यो

भदौ १७, २०८३
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब

गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब

भदौ १७, २०८३
बेदकोट–५ बाट भोटेकोशी बाढीपीडितलाई २ लाख ३० हजार सहयोग

बेदकोट–५ बाट भोटेकोशी बाढीपीडितलाई २ लाख ३० हजार सहयोग

भदौ १७, २०८३
बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो

बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो

भदौ १७, २०८३
सरकार स्रोत–साधन परिचालनमै सीमित नहोस् : पराजुली

सरकार स्रोत–साधन परिचालनमै सीमित नहोस् : पराजुली

भदौ १७, २०८३
भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहतमा सरकारको सक्रियता

भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहतमा सरकारको सक्रियता

भदौ १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व