Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १५, २०८३
बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि उत्पन्न विषम परिस्थितिमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले निगरानी र गस्ती बढाएको छ।

विपद्को समयमा सुरक्षाकर्मी खोज तथा उद्धारमा समेत परिचालित हुने भएकाले प्रभावित क्षेत्रमा चोरी, लुटपाट, ठगी तथा राहतका नाममा हुने साइबर अपराध बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले विशेष सतर्कता अपनाएको हो।

बाढीले बगाएर ल्याएको सेफ तोडेर नगद चोरी, २९ जना पक्राउ

रसुवाको भोटेकोशी बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद चोरी गरेको आरोपमा २९ जना पक्राउ परेका छन्।

धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको सेफबाट नगद निकालेर चोरी गरेको घटनामा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट परिचालित टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद गरिएको छ।

राहत कोषका नाममा नक्कली स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमा पोस्ट

यसैगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा भ्रम फैलाएको आरोपमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्की पक्राउ परेका छन्।

प्रहरीका अनुसार कार्कीले बाढी प्रभावितको उद्धार तथा राहतका लागि आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै ChatGPT प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरेका थिए। उक्त नक्कली विवरण सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

बाढीले बगाएको शवबाट गहना चोरी गरेको आरोपमा दुई पक्राउ

बाढीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा चोरी गरेको आरोपमा चितवनको भरतपुर महानगरपालिका–१ लीलाचोकका २५ वर्षीय मदन गुरुङसहित दुई जना पक्राउ परेका छन्।

विपद्का बेला मृतक तथा प्रभावित नागरिकको सम्पत्तिमाथि हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले विशेष निगरानी बढाएको जनाएको छ।

सामाजिक सञ्जाल र राहतका नाममा हुने ठगीमाथि निगरानी

नेपाल प्रहरीले विपद्को मौका छोपी हुनसक्ने चोरी, लुटपाट, ठगी तथा राहत सहयोगका नाममा हुने साइबर स्क्याम रोक्न सूचना संकलन, सामाजिक सञ्जाल अनुगमन, निगरानी र प्रहरी परिचालनलाई थप प्रभावकारी बनाएको जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार विपद्को समयमा नागरिकको जीउधनको सुरक्षा तथा आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ।

उनका अनुसार बाढी प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कायम राख्नुका साथै विपद्को नाममा हुनसक्ने साइबर ठगीबारे सर्वसाधारणलाई समेत सचेत गराउने काम भइरहेको छ।

उद्धार र राहतमा समेत प्रहरीको समन्वय

बाढीका कारण सडक तथा पुल अवरुद्ध हुँदा उद्धार र राहत वितरणमा समस्या उत्पन्न भएकाले अवरुद्ध सडक खुलाउन नेपाल प्रहरीले स्थानीय तह तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिरहेको छ।

घाइतेको उद्धार, विस्थापित नागरिकको व्यवस्थापन तथा राहत वितरणमा कुनै त्रुटि नहोस् भन्ने उद्देश्यले प्रहरी परिचालन गरिएको छ।

प्रहरीले बाढी प्रभावित क्षेत्रमा आपराधिक गतिविधि भइरहेको वा हुनसक्नेबारे सूचना प्राप्त भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपत्कालीन नम्बर १०० मा जानकारी गराउन आग्रह गरेको छ।

त्यस्तै, बाढी प्रभावित क्षेत्रमा भेटिएका नगद, बहुमूल्य वस्तु वा अन्य सामग्री सुरक्षित राखी नजिकको प्रहरी कार्यालयमा बुझाउनसमेत नेपाल प्रहरीले अनुरोध गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने
फ्ल्यास हेडिङ

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

भदौ १६, २०८३
बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने
फ्ल्यास हेडिङ

बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

भदौ १६, २०८३
सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति
फ्ल्यास हेडिङ

सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

भदौ १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

भदौ १६, २०८३
बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

भदौ १६, २०८३
सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

भदौ १६, २०८३
चीनसँगका दुवै प्रमुख नाका बन्द, आयात–निर्यात प्रभावित

चीनसँगका दुवै प्रमुख नाका बन्द, आयात–निर्यात प्रभावित

भदौ १६, २०८३
आपूर्ति संकटको जोखिमबीच बजार अनुगमनमा सरकार आक्रामक

आपूर्ति संकटको जोखिमबीच बजार अनुगमनमा सरकार आक्रामक

भदौ १६, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

बाढीको असर सेयर बजारमा, नेप्से ४३.८९ अंकले घट्यो

भदौ १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व