Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भोटेकोशी बाढीपछि रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १५, २०८३
भोटेकोशी बाढीपछि रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा व्यवस्थापनका लागि रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ।

संघीय सरकार, स्थानीय तह तथा सुरक्षा निकायको समन्वयमा सञ्चालन गरिएका ती केन्द्रबाट आइतबार मात्रै रसुवा र नुवाकोटका ३ हजार ४५४ जना बाढी तथा विपद् प्रभावितले आश्रय र राहत प्राप्त गरेका छन्।

नुवाकोटमा मात्रै २ हजार २७४ जना प्रभावितलाई १६ वटा अस्थायी आश्रयस्थल तथा शिविरमा व्यवस्थापन गरिएको छ। विदुर नगरपालिकाका विभिन्न स्थानमा प्रभावितलाई पुस्तकालय शिविर, सेफहाउस, स्वास्थ्य चौकी, कभर्ड हल तथा आयुर्वेद वैकल्पिक चिकित्सालयलगायत स्थानमा राखिएको छ।

विदुर नगरपालिका–३ देवघाट–सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी माध्यमिक विद्यालय तथा वडा कार्यालयमा व्यवस्थापन गरिएको छ। त्यस्तै, विदुर नगरपालिका–९ का प्रभावितलाई त्रिशूली आधारभूत विद्यालय र शुलक्षणा माध्यमिक विद्यालयमा आश्रय दिइएको छ।

बेलकोटगढी नगरपालिकाको रातमाटे–जिलिङ क्षेत्रका प्रभावितलाई महादेव माध्यमिक विद्यालयमा राखिएको छ। किस्पाङ गाउँपालिका–५ का प्रभावितका लागि कार्की मनकामना आधारभूत विद्यालय तथा त्रिभुवन माध्यमिक विद्यालयमा आश्रयको व्यवस्था गरिएको छ। रसुवाका केही प्रभावितलाई समेत नुवाकोटको बट्टारस्थित तामाङ प्लाजामा राखिएको छ।

उद्धार गरिएका घाइतेको उपचारका लागि विदुर–२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी–७ स्थित महादेव माध्यमिक विद्यालय र विदुर–९ स्थित शुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोली परिचालन गरिएको छ।

रसुवामा १० आश्रयस्थल, १ हजार १८० जनाको व्यवस्थापन

बाढीबाट बढी प्रभावित रसुवामा पनि उद्धार तथा राहत वितरणलाई तीव्र बनाइएको छ। जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका १० वटा अस्थायी आश्रयस्थलमा आइतबार मात्रै १ हजार १८० जना प्रभावितले आश्रय लिएका छन्।

स्थानीय तहसँगको समन्वयमा उत्तरगया गाउँपालिका–२ को डाँडागाउँ तथा आमाछोदिङ्मो गाउँपालिका–१ र २ का हाकु, पाङलिङ र ग्रेमा आश्रयस्थल सञ्चालनमा छन्।

गोसाइँकुण्ड गाउँपालिकाका थुमन, दालफेदी, खैदी, बृद्धिम, लिङलिङ र स्याफ्रुबेँसीलगायत क्षेत्रमा पनि प्रभावितका लागि अस्थायी आश्रयस्थल सञ्चालनमा ल्याइएको छ।

स्थानीय प्रशासनका अनुसार राहत सामग्री पुग्न नसकेको कुनै पनि प्रभावित स्थान छैन। सडकमार्गबाट पुग्न कठिन तथा भौगोलिक रूपमा विकट क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याइएको छ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन

प्रभावित नागरिकको उपचार तथा स्वास्थ्य सेवाका लागि रसुवाका विभिन्न स्थानमा स्वास्थ्य टोली परिचालन गरिएको छ।

धुन्चेस्थित रसुवा जिल्ला अस्पताल, स्याफ्रुबेँसीमा वीर अस्पतालको टोली, हेलिक्षेत्रमा प्रादेशिक अस्पतालको टोली तथा अन्य प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी र नेपाली सेनाका स्वास्थ्यकर्मी परिचालन भएका छन्।

स्वास्थ्य टोलीले बाढीबाट प्रभावित तथा उद्धार गरिएका नागरिकको स्वास्थ्य परीक्षण, उपचार तथा आवश्यक औषधि उपलब्ध गराउने काम गरिरहेका छन्।

सुरक्षित स्थानमा स्थानान्तरणलाई प्राथमिकता

बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कामलाई प्राथमिकता दिइएको छ।

स्थानीय प्रशासन, स्थानीय तह, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बललगायत सुरक्षा निकाय राहत, उद्धार, स्वास्थ्य उपचार तथा खाद्यान्न व्यवस्थापनमा परिचालित छन्।

बाढीपछिको तत्कालीन उद्धारसँगै प्रभावित नागरिकको सुरक्षित व्यवस्थापन, राहत वितरण, स्वास्थ्य उपचार र आवश्यक सामग्रीको आपूर्तिलाई प्रभावकारी बनाउन सरकारी तथा सुरक्षा निकायबीच निरन्तर समन्वय भइरहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने
फ्ल्यास हेडिङ

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

भदौ १६, २०८३
बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने
फ्ल्यास हेडिङ

बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

भदौ १६, २०८३
सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति
फ्ल्यास हेडिङ

सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

भदौ १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

भदौ १६, २०८३
बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

भदौ १६, २०८३
सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

भदौ १६, २०८३
चीनसँगका दुवै प्रमुख नाका बन्द, आयात–निर्यात प्रभावित

चीनसँगका दुवै प्रमुख नाका बन्द, आयात–निर्यात प्रभावित

भदौ १६, २०८३
आपूर्ति संकटको जोखिमबीच बजार अनुगमनमा सरकार आक्रामक

आपूर्ति संकटको जोखिमबीच बजार अनुगमनमा सरकार आक्रामक

भदौ १६, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

बाढीको असर सेयर बजारमा, नेप्से ४३.८९ अंकले घट्यो

भदौ १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व