काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले ३ करोड रुपैयाँ सहयोग गरेको छ।
ग्रुपले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत उक्त रकम हस्तान्तरण गरिएको हो।
हालै आएको बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै जावलाखेल ग्रुपले मृतकका परिवारप्रति समवेदना तथा प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गरेको छ।
ग्रुपले प्राकृतिक विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा रहेको जनाएको छ। विगतदेखि नै विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्दै आएको ग्रुपले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार राहत तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
बाढीपहिरोबाट प्रभावित नागरिकको तत्कालीन राहतसँगै पुनःस्थापना र पुनर्निर्माणका लागि विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेका बेला जावलाखेल ग्रुपको यो सहयोगले विपद् प्रभावितको राहत तथा पुनःस्थापनामा योगदान पुग्ने अपेक्षा गरिएको छ।










Discussion about this post