Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अमेरिकाद्वारा नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता घोषणा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १४, २०८३
अमेरिकाद्वारा नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता घोषणा

American flag fluttering in the blue sky

0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकाले विनाशकारी बाढीबाट प्रभावित नेपालका नागरिकका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’मार्फत सहायता घोषणा गर्दै विपद्को कठिन समयमा अमेरिका नेपाली जनताको साथमा रहेको जनाएको छ।

अमेरिकी सहयोगअन्तर्गत बाढीबाट प्रभावित १० हजारसम्म घरपरिवारलाई तीन महिनासम्म आपत्कालीन खाद्यान्न सहायता उपलब्ध गराइनेछ। तत्काल खाद्यान्न आवश्यक रहेका प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले उक्त सहयोग परिचालन गरिने जनाइएको छ।

अमेरिकी विदेश मन्त्रालयले नेपालमा रहेका आफ्ना नागरिकको सुरक्षालाई समेत उच्च प्राथमिकतामा राखेको जनाएको छ। नेपाल तथा चीनमा रहेका अमेरिकी दूतावास र सम्बन्धित निकायले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्थाबारे जानकारी लिने तथा आवश्यक सहयोग र विपद् प्रतिकार्यका लागि समन्वय गरिरहेको जनाइएको छ।

यसअघि अमेरिकाले नेपालका बाढी प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर बराबरको प्रारम्भिक मानवीय सहायता घोषणा गरेको थियो। उक्त रकम आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी अत्यावश्यक सेवामा प्रयोग गर्ने गरी उपलब्ध गराइएको थियो।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहे पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेको जनाइएको छ।

सरकारले प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ। विपद्पछि प्रभावित समुदायमा खाद्यान्न, सुरक्षित आश्रय, खानेपानी तथा स्वास्थ्य सेवाको आवश्यकता बढ्दै गएको छ।

यसैबीच, अमेरिकासहित विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाले नेपालका बाढी प्रभावित क्षेत्रमा मानवीय सहायता बढाउँदै लगेका छन्। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले समेत प्रभावित समुदायका लागि प्रारम्भिक खाद्यान्न सहायता तथा राहत व्यवस्थापनमा सहयोग गरिरहेको जनाएको छ।

अमेरिकाबाट घोषणा गरिएको पछिल्लो सहयोगले बाढीबाट प्रभावित हजारौँ परिवारलाई तत्काल आवश्यक खाद्यान्न तथा अन्य मानवीय सहायता उपलब्ध गराउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नुवाकोटका बाढीपीडितलाई खाद्यान्नसहित राहत सामग्री वितरण
फ्ल्यास हेडिङ

नुवाकोटका बाढीपीडितलाई खाद्यान्नसहित राहत सामग्री वितरण

भदौ १४, २०८३
भोटेकोशी बाढीपीडितका लागि उदयदेव सहकारीको २ लाख ११ हजार सहयोग
मुख्य समाचार

भोटेकोशी बाढीपीडितका लागि उदयदेव सहकारीको २ लाख ११ हजार सहयोग

भदौ १४, २०८३
नेपालको विपद्मा चीनको साथ : ५० टन राहत सामग्री र उद्धार विशेषज्ञ टोली काठमाडौंमा
अर्थ/ब्यापार

नेपालको विपद्मा चीनको साथ : ५० टन राहत सामग्री र उद्धार विशेषज्ञ टोली काठमाडौंमा

भदौ १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नुवाकोटका बाढीपीडितलाई खाद्यान्नसहित राहत सामग्री वितरण

नुवाकोटका बाढीपीडितलाई खाद्यान्नसहित राहत सामग्री वितरण

भदौ १४, २०८३
भोटेकोशी बाढीपीडितका लागि उदयदेव सहकारीको २ लाख ११ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि उदयदेव सहकारीको २ लाख ११ हजार सहयोग

भदौ १४, २०८३
नेपालको विपद्मा चीनको साथ : ५० टन राहत सामग्री र उद्धार विशेषज्ञ टोली काठमाडौंमा

नेपालको विपद्मा चीनको साथ : ५० टन राहत सामग्री र उद्धार विशेषज्ञ टोली काठमाडौंमा

भदौ १४, २०८३
अमेरिकाद्वारा नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता घोषणा

अमेरिकाद्वारा नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता घोषणा

भदौ १४, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३
बाढी प्रभावित नुवाकोटमा अर्थमन्त्री वाग्ले, उद्धारदेखि पुनर्स्थापनासम्मको अवस्थाबारे स्थलगत जानकारी

बाढी प्रभावित नुवाकोटमा अर्थमन्त्री वाग्ले, उद्धारदेखि पुनर्स्थापनासम्मको अवस्थाबारे स्थलगत जानकारी

भदौ १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व