Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्री शाह आज संसदमा सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १०, २०८३
प्रधानमन्त्री शाह आज संसदमा सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिँदै
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ दिने भएका छन्। प्रतिनिधिसभा नियमावलीमा व्यवस्था भएअनुसार प्रधानमन्त्री शाह पहिलो पटक नियमित प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लागेका हुन्।

प्रतिनिधिसभा नियमावलीको परिच्छेद–९ मा प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री संसदमा उपस्थित भई सांसदहरूले दर्ता गराएका लिखित प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। यसअघि जेठ १७ गते प्रधानमन्त्री शाह सांसदका प्रश्नको जवाफ दिन अचानक संसद् पुगेका थिए। त्यसपछि नियमित रूपमा प्रश्नोत्तर कार्यक्रममा उपस्थित नभएपछि सभामुख डीपी अर्यालले भदौ १ गतेको बैठकबाट आजको बैठकमा अनिवार्य उपस्थित हुन रुलिङ गरेका थिए।

आजको प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीका गरी ११ जना सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्ने भएका छन्।

सांसदहरूले प्रधानमन्त्रीसँग मुख्य रूपमा नेपाल–भारत सीमा सम्बन्धमा यसअघि संसदमा व्यक्त गरेको धारणा, सरकारको तीनमहिने कार्यसम्पादन, सुशासन, बजेट कार्यान्वयन, विकास निर्माण तथा संसद्प्रति सरकारको जवाफदेहिता लगायत समसामयिक विषयमा प्रश्न राख्ने तयारी गरेका छन्।

यसअघि जेठ १७ गते संसदमा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विषयमा दिएको अभिव्यक्ति विवादमा परेको थियो। आजको प्रश्नोत्तरमा उक्त विषयमा समेत सांसदहरूले प्रधानमन्त्रीसँग थप स्पष्टता माग्ने तयारी गरेका छन्।

यसैबीच, प्रधानमन्त्री शाहले आज संसदमा कालो चस्मा लगाएर उपस्थित हुने जानकारी संसद् सचिवालयलाई गराएका छन्। चिकित्सकको सिफारिसअनुसार उनले संसदमा सनग्लास प्रयोग गर्ने भएका हुन्।

वीरेन्द्र सैनिक अस्पतालका नेत्ररोग विशेषज्ञले उज्यालोमा देख्न कठिनाइ हुने समस्याका कारण प्रधानमन्त्री शाहलाई सनग्लास तथा आई ड्रप प्रयोग गर्न सुझाव दिएका थिए। सोही चिकित्सकीय सिफारिससहितको पत्र प्रधानमन्त्रीले संसद् सचिवालयमा पठाएका छन्।

संसदमा पछिल्लो समय मर्यादा र पोसाकसम्बन्धी बहस भइरहेका बेला प्रधानमन्त्रीले चिकित्सकीय कारणसहित कालो चस्मा प्रयोग गर्ने जानकारी गराएका हुन्। आजको बैठकमा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसँगै सरकारको कामकारबाही र संसद्प्रति जवाफदेहिताका विषयमा समेत सांसदहरूले धारणा राख्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एनपीएलमा जनकपुर बोल्ट्सले भित्र्यायो बङ्गलादेशी स्टार परवेज इमोन
खेलकुद

एनपीएलमा जनकपुर बोल्ट्सले भित्र्यायो बङ्गलादेशी स्टार परवेज इमोन

कार्तिक १३, २०८३
चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना
फ्ल्यास हेडिङ

चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना

कार्तिक १३, २०८३
कांग्रेसको नयाँ कार्यसमितिले आज जिम्मेवारी सम्हाल्दै, शपथ ग्रहणको शैली फरक हुने
फ्ल्यास हेडिङ

कांग्रेसको नयाँ कार्यसमितिले आज जिम्मेवारी सम्हाल्दै, शपथ ग्रहणको शैली फरक हुने

कार्तिक १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनपीएलमा जनकपुर बोल्ट्सले भित्र्यायो बङ्गलादेशी स्टार परवेज इमोन

एनपीएलमा जनकपुर बोल्ट्सले भित्र्यायो बङ्गलादेशी स्टार परवेज इमोन

कार्तिक १३, २०८३
चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना

चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना

कार्तिक १३, २०८३
कांग्रेसको नयाँ कार्यसमितिले आज जिम्मेवारी सम्हाल्दै, शपथ ग्रहणको शैली फरक हुने

कांग्रेसको नयाँ कार्यसमितिले आज जिम्मेवारी सम्हाल्दै, शपथ ग्रहणको शैली फरक हुने

कार्तिक १३, २०८३
छोरीको जन्मदिनमा रामलीला समितिलाई ११ हजार १११ रुपैयाँ सहयोग

छोरीको जन्मदिनमा रामलीला समितिलाई ११ हजार १११ रुपैयाँ सहयोग

कार्तिक १३, २०८३
अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी

अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी

कार्तिक १२, २०८३
प्रि–ओपन सेसनमै घट्यो नेप्से

प्रि–ओपन सेसनमै घट्यो नेप्से

कार्तिक १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व