Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ढोरपाटनमा एक वर्षमा ३७ हजारभन्दा बढी पर्यटक, १३ हजारले बढ्यो आगमन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २३, २०८३
ढोरपाटनमा एक वर्षमा ३७ हजारभन्दा बढी पर्यटक, १३ हजारले बढ्यो आगमन
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८२र८३ मा ३७ हजार ५२० पर्यटक ढोरपाटन पुगेका छन्। तीमध्ये ३७ हजार २७० जना नेपाली पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ।

आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार एक वर्षमै ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या करिब १३ हजारले बढेको हो। आर्थिक वर्ष २०८१र८२ मा २३ हजार ६९२ र २०८०र८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेका थिए।

पर्यटकीय पूर्वाधार निर्माण, प्रचारप्रसार, होटल तथा होमस्टेको विकास, बुकीपाटन र बुकीफूलको चर्चा तथा जलजलामा पदयात्रा गर्ने पर्यटकको सङ्ख्या बढेसँगै ढोरपाटनमा आन्तरिक पर्यटकको आगमन बढेको रेञ्जर सुवेदीले बताउनुभयो।

पर्यटकको सङ्ख्या बढेसँगै आरक्षको राजस्वसमेत वृद्धि भएको छ। आर्थिक वर्ष २०८२र८३ मा पर्यटक प्रवेश शुल्कबाट मात्रै रु ४७ लाख ६८ हजार ४०५ राजस्व सङ्कलन भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा प्रवेश शुल्कबाट रु ३१ लाख २१ हजार ५०० राजस्व सङ्कलन भएको थियो।

आरक्षले नेपाली तथा आन्तरिक पर्यटकका लागि रु १००, सार्क राष्ट्रका पर्यटकका लागि रु १ हजार ५०० र अन्य विदेशी पर्यटकका लागि रु ३ हजार प्रवेश शुल्क लिँदै आएको छ। त्यस्तै, ढुङ्गा, गिट्टी र बालुवाबाट आर्थिक वर्ष २०८२र८३ मा रु १ करोड १ लाख २७ हजार ९५३ राजस्व सङ्कलन भएको छ।

पछिल्लो समय विदेशी पर्यटक सिकार खेल्न मात्र नभई ढोरपाटन उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकीपाटन र जलजला क्षेत्रको अवलोकन तथा पदयात्राका लागि समेत आउने गरेका छन्। समुद्री सतहबाट करिब २ हजार ९०० मिटर उचाइमा रहेको ढोरपाटन उपत्यकादेखि ४ हजार मिटरभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्न थालेका छन्।

पर्यटकका लागि शुल्क तिरेर पालसहित बस्न सक्ने व्यवस्था पनि मिलाइएको आरक्ष कार्यालयले जनाएको छ। प्रचारप्रसारसँगै पर्यटकीय सूचना प्रणाली, पदमार्ग र अन्य पूर्वाधार विस्तार हुँदै गएपछि आगामी दिनमा ढोरपाटनमा पर्यटकको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव
अर्थ/ब्यापार

सुनको भाउ तोलामा ४ हजार ८ सयले बढ्यो, तीन लाख नाघ्यो

साउन २४, २०८३
वेदकोटमा गुरु दक्षिणा समर्पण उत्सव सम्पन्न
स्थानीय सरकार

वेदकोटमा गुरु दक्षिणा समर्पण उत्सव सम्पन्न

साउन २४, २०८३
जुम्लामा ४८ करोडभन्दा बढी राजस्व उठ्यो
अर्थ/ब्यापार

जुम्लामा ४८ करोडभन्दा बढी राजस्व उठ्यो

साउन २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सडक मर्मतमा जुटे भीमदत्त–११ का वडाध्यक्ष थापा

सडक मर्मतमा जुटे भीमदत्त–११ का वडाध्यक्ष थापा

साउन २४, २०८३
गगन थापाको आरोप : ‘सरकार बरालिँदै हिँडेको छ’

गगन थापाको आरोप : ‘सरकार बरालिँदै हिँडेको छ’

साउन २४, २०८३
सिठी फुकेर मात्रै सडक दुर्घटना न्यूनीकरण हुँदैन : ट्राफिक प्रहरी

सिठी फुकेर मात्रै सडक दुर्घटना न्यूनीकरण हुँदैन : ट्राफिक प्रहरी

साउन २४, २०८३
ब्याज अनुदान थप प्रभावकारी बनाउन सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधन

रास्वपाका मन्त्रीलाई महिनामा एकपटक पार्टी कार्यालय पुग्न निर्देशन

साउन २४, २०८३
उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधारसँगै लगानी विस्तार आवश्यक : गुणाकर भट्ट

उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधारसँगै लगानी विस्तार आवश्यक : गुणाकर भट्ट

साउन २४, २०८३
सिंहदरबार’को नाम नै परिवर्तन गर्नुपर्छ : सांसद हरि ढकाल

सिंहदरबार’को नाम नै परिवर्तन गर्नुपर्छ : सांसद हरि ढकाल

साउन २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व