नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलिदेखि औपचारिक रूपमा उद्घाटन हुने भएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनपछि प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइने सडक विभागले जनाएको छ।
जाइका र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको २.६८ किलोमिटर लामो मुख्य सुरुङको निर्माण जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले २०७६ सालदेखि गरेको हो।
सडक विभागका अनुसार सुरुङ सञ्चालनअघि विपद् व्यवस्थापनका लागि ‘मक ड्रिल’ गरिनेछ। त्यसपछि केही समय एकतर्फी परीक्षण सञ्चालन गरी सबै प्रक्रिया पूरा भएपछि सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिनेछ। मोटरसाइकल तथा प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति हुने छैन।









Discussion about this post