निजी शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता शुल्क फिर्ता भएपछि बिजुलीको ५ प्रतिशत भ्याट पनि हट्ने अपेक्षा गरेका उपभोक्ता निराश बनेका छन्। नेपाल विद्युत् प्राधिकरणले साउनमा जारी भएको बिलमा ५ प्रतिशत भ्याट जोडेर असुल्न थालेपछि चौतर्फी गुनासो बढेको हो।
प्राधिकरणका अनुसार साउन १ गतेपछि जारी भएका सबै बिलमा नयाँ कर व्यवस्था लागू भएकाले असारको खपत समावेश भए पनि भ्याट नियमअनुसार नै लगाइएको हो। वर्षभरि उपभोक्ताले १२ महिनाभन्दा बढी अवधिको भ्याट तिर्नु नपर्ने प्राधिकरणको दाबी छ।
यता, उपभोक्ताले पुरानो खपतमा नयाँ कर लगाइएको र ‘न्यूनतम शुल्क’बारे स्पष्ट जानकारी दिन माग गरेका छन्।










Discussion about this post