फिफा विश्वकप फुटबलअन्तर्गत समूह एफको खेलमा स्वीडेन ले ट्युनिसिया लाई ५–१ गोलले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
मेक्सिकोमा केहीबेरअघि सम्पन्न खेलमा स्वीडेनका यासिन अयारीले दुई गोल गरे भने अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक–एक गोल थपे। ट्युनिसियाका ओमार रेकिकले सान्त्वना गोल गरेका थिए।
यस जितसँगै स्वीडेनले समूह एफमा महत्वपूर्ण तीन अंक जोडेको छ। ट्युनिसिया भने पहिलो खेलमै पराजित हुँदै अंकविहीन बनेको छ।
यसअघि समूह एफकै अर्को खेलमा नेदरल्यान्ड्स र जापान ले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए। त्यससँगै नेदरल्यान्ड्स र जापानको समान १–१ अंक रहेको छ भने स्वीडेन ३ अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ।










Discussion about this post