थाइल्याण्डस्थित नेपाली दूतावासले विभिन्न प्रलोभनमा परी वैध कागजातबिना कम्बोडियामा लुकिछिपी बसिरहेका नेपाली नागरिकलाई यही जेठ २९ गतेभित्र स्वदेश फर्किन आग्रह गरेको छ।
दूतावासले जारी गरेको सूचनामा नयाँ कानुनी व्यवस्थाअनुसार भिसा अवधि समाप्त भई अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकमाथि कडा कारबाही हुने भएकाले तुरुन्त स्वदेश फर्कन अनुरोध गरिएको उल्लेख छ।
दूतावासका अनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगेका तर भिसा अवधि सकिएपछि पनि नवीकरण नगरी बसिरहेका ६ सयभन्दा बढी नेपाली नागरिकलाई भिसा शुल्क तथा जरिवाना मिनाहा गराएर नेपाल फर्काउने सहजीकरण गरिएको भए पनि धेरैजसो सम्पर्कमा नआएको बताइएको छ।
साथै, तोकिएको समयसीमा भित्र स्वदेश नफर्कने विदेशी नागरिकमाथि कम्बोडियाको नयाँ कानुनअनुसार अनुसन्धान गरी दोषअनुसार भारी जरिवाना तथा कडा सजायसमेत हुन सक्ने चेतावनी दूतावासले दिएको छ।







Discussion about this post