Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रवि लामिछाने आज भारत भ्रमणमा, रास्वपाले महाधिवेशन तयारी तीव्र बनायो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १८, २०८३
रवि लामिछाने पुनः थुनामै रहने
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाने हुनुभएको छ। भारतीय जनता पार्टी ९भाजपा० का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उहाँ जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा रहने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। पार्टीले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुनेछ। साथै भारतीय जनता पार्टीका शीर्ष नेताहरूसँग भेटघाट तथा विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। भ्रमणका अवसरमा उहाँले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि भेटघाट गर्नुहुनेछ। साथै अयोध्याको भ्रमण गर्ने कार्यक्रमसमेत तय भएको छ।

सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य पनि भ्रमण टोलीमा सहभागी रहनेछन्। पार्टीका प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिअनुसार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उच्चस्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ। रास्वपाले उक्त भ्रमणले नेपाल–भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबीचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

यसैबीच रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै मूल आयोजक समिति गठन गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा गठित समितिले महाधिवेशनलाई व्यवस्थित, प्रतिनिधिमूलक र संगठनात्मक रूपमा थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय भएको छ। महाधिवेशनलाई सफल बनाउन गठन गरिएको मूल आयोजक समितिमा उपसभापति डा। स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, मनीष झा, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाललगायत नेताहरू सदस्य रहेका छन्। साथै पार्टीका सबै केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूलाई पनि तयारी प्रक्रियामा समेटिएको छ।

यसैबीच पार्टी सचिवालय बैठकले संगठन विस्तार, महाधिवेशन तयारी तथा समसामयिक राजनीतिक विषयलाई मुख्य कार्यसूची बनाएर विस्तृत छलफल गरेको छ। बैठकमा संगठन सुदृढीकरण, पार्टीका पछिल्ला गतिविधिको समीक्षा, अनुशासन आयोग, निर्वाचन आयोग तथा विभिन्न विभागको मनोनयन, सम्भावित कारबाहीका विषय, प्रदेश अधिवेशन सञ्चालन कार्यविधि तथा महाधिवेशनसँग सम्बन्धित संरचनागत तयारीबारे समेत छलफल भएको बताइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रोयल च्यालेन्जर्स बैंगलुरुलाई लगातार दोस्रो आईपीएल उपाधि
फ्ल्यास हेडिङ

रोयल च्यालेन्जर्स बैंगलुरुलाई लगातार दोस्रो आईपीएल उपाधि

जेष्ठ १८, २०८३
सीमा विवाद टुंग्याउन कूटनीतिक पहल जारी : प्रधानमन्त्री
राजनीति

आयोगका सबै प्रतिवेदन कार्यान्वयन गरिनेछ : प्रधानमन्त्री शाह

जेष्ठ १७, २०८३
सीमा विवाद टुंग्याउन कूटनीतिक पहल जारी : प्रधानमन्त्री
राजनीति

सीमा विवाद टुंग्याउन कूटनीतिक पहल जारी : प्रधानमन्त्री

जेष्ठ १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

काठमाडौंमा ‘मिसन ८४’ केन्द्रित राजनीतिक साक्षरता अभियान सुरु

काठमाडौंमा ‘मिसन ८४’ केन्द्रित राजनीतिक साक्षरता अभियान सुरु

जेष्ठ १८, २०८३
बागमती प्रदेशको उद्योगमैत्री बजेट नीति र Prefab Panel Nepal को निर्माण प्रविधि विस्तार

बागमती प्रदेशको उद्योगमैत्री बजेट नीति र Prefab Panel Nepal को निर्माण प्रविधि विस्तार

जेष्ठ १८, २०८३
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

जेष्ठ १८, २०८३
एसियन स्मार्ट एग्रोको बृहत् अन्तरक्रिया सम्पन्न, निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने प्रतिबद्धता

एसियन स्मार्ट एग्रोको बृहत् अन्तरक्रिया सम्पन्न, निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने प्रतिबद्धता

जेष्ठ १८, २०८३
रोयल च्यालेन्जर्स बैंगलुरुलाई लगातार दोस्रो आईपीएल उपाधि

रोयल च्यालेन्जर्स बैंगलुरुलाई लगातार दोस्रो आईपीएल उपाधि

जेष्ठ १८, २०८३
काठमाडौं महानगरपालिकाको छात्रवृत्ति परीक्षामा १४ हजार ५७ जना उत्तीर्ण

काठमाडौं महानगरपालिकाको छात्रवृत्ति परीक्षामा १४ हजार ५७ जना उत्तीर्ण

जेष्ठ १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व