Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अबदेखि राजश्व तिरेको २४ घण्टाभित्र सवारी चालक अनुमतिपत्र दिइनेछ : सञ्चारमन्त्री तिमिल्सिना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ४, २०८३
अबदेखि राजश्व तिरेको २४ घण्टाभित्र सवारी चालक अनुमतिपत्र दिइनेछ : सञ्चारमन्त्री तिमिल्सिना

सञ्चारमन्त्री डा तिमिल्सिना काठमाडौँ १३ चैतः सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिना शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि स्वागत कार्यक्रममा धारणा राख्नुहुँदै । तस्बिरः चन्द्रकला क्षेत्री÷रासस

0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आजदेखि सेवा ग्राहीले ट्रायल पास गरेपछि राजश्व तिरेको २४ घण्टाभित्र गाडी चालक अनुमतिपत्र पाउने बताउनु भएको छ ।

काभ्रेको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको अवलोकन गर्दै मन्त्री तिमिल्सिनाले यसबारे जानकारी दिनुभयो । उहाँले गाडी चालक अनुमतिपत्र छपाइको अवस्थाबारे पनि जानकारी लिनुभएको छ । निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले सार्वजनिक सेवा प्रवाहलाई छिटो, प्रभावकारी र नागरिकमैत्री बनाउने सरकारको प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले लामो समयसम्म गाडी चालक अनुमतिपत्र नपाउने समस्याको अन्त्य गर्दै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने लक्ष्य सरकारको रहेको बताउनुभयो । साथै, बाँकी रहेका सबै गाडी चालक अनुमतिपत्र आउँदो असार मसान्तभित्र छापिसक्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

निरीक्षणका क्रममा उहाँले सुरक्षण मुद्रण केन्द्रलाई राज्यको महत्त्वपूर्ण र सम्भावनायुक्त संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । ठूलो लगानीमा खरिद गरिएका झण्डै एक अर्ब रुपैयाँ बराबरका उपकरण वर्षौंदेखि प्रयोगविहीन रहेकोप्रति असन्तुष्टि जनाउँदै ती उपकरणलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो ।

उहाँले नागरिकको डाटा सुरक्षा सरकारको उच्च प्राथमिकता रहेको उल्लेख गर्दै सेवा प्रवाह नागरिकको हितमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी, देशभर मोबाइल नेटवर्क र इन्टरनेट सेवाको गुणस्तर सुधार गर्ने विषय मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै नेपाल टेलिकमको सेवा सुधारमार्फत आगामी एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले संस्थालाई दीर्घकालीन रूपमा सुदृढ बनाउने उद्देश्यले व्यावसायिक योजना तयार भइरहेको बताउनुभयो । उहाँका अनुसार भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट तथा अन्तःशुल्क स्टिकरजस्ता महत्त्वपूर्ण सामग्री छाप्ने योजना छ ।

हाल केन्द्रमा दैनिक करिब ४० हजार गाडी चालक अनुमतिपत्र छपाइ भइरहेको र विदेश जाने नागरिकका लागि गाडी चालक अनुमतिपत्रलाई प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो ।

यातायात व्यवस्था विभागबाट दैनिक झण्डै एक हजार आवेदन प्राप्त हुने र वैशाख १२ गतेभित्र १२ लाख तथा बाँकी १७ लाख गाडी चालक अनुमतिपत्र असार मसान्तभित्र छापिसक्ने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व