कञ्चनपुर । नीड्स नेपालले कोइकाको आर्थिक सहयोग तथा अक्सफार्म नेपालको प्राविधिक सहयोगमा महिलाहरूका लागि महिला नेतृत्व तथा राजनीतिक नेतृत्व सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ।

तालिममा १० जना संस्थाबाट,भीमदत्त नगरपालिका वडा नम्बर -१९ महिला शशक्तिकरण केन्द्र बाट २० जना गरी ३० जना महिलाहरूको सहभागिता रहेको थियो।

तालिममा महिलाहरूले स्व-मूल्यांकन आफ्नो क्षमता पहिचानका साथै राजनीतिक तथा सामाजिक नेतृत्वमा हुनुपर्ने गुण, लैङ्गिक समानता सामाजिक समावेशीकरण, वकालत पैरवीको विषयमा तीन दिने तालिममा ज्ञान हासिल गरेको नीड्स नेपालका कार्यक्रम संयोजक नवीन भट्टले बताए। तालिमले समुदायमा भएका समस्याहरु पहिचान गर्न तथा समस्याहरूको समाधानका लागि विभिन्न निकायमा पहल गर्न महिलाहरुलाई सक्षम बनाउने उद्देश्य लिएको उनले बताए।

तालिमका सहभागीहरुले तालिम प्रभावकारी रहेको र यसले नेतृत्व तथा क्षमता विकास गर्ने र समुदायमा अन्य महिलाहरुलाई पनि उत्प्रेरित गर्न मद्दत गर्ने बताएका छन्। नीड्स नेपालकी उपाध्यक्ष तारा थापा धामीले महिला सशक्तिकरण कार्यक्रम भीमदत्त नगरपालिकाको १९ वटै वडामा सञ्चालनमा रहेको बताइन्। यो कार्यक्रमले जलवायु परिवर्तनले प्रभावमा परेका महिलाहरूको आर्थिक तथा नेतृत्व विकासका लागि काम गरिरहेको उनले बताइन्।

तालिममा ३० जना महिलाहरूको सहभागिता रहेको थियो। तालिमले महिलाहरूलाई नेतृत्व विकासमा सहयोग पुर्याउने तथा आगामी दिनमा समुदायका मुद्दाहरू पहिचान तथा उठान गरी पहल गर्नमा महिलाहरूलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।











Discussion about this post