कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर-८ भानुटोल निवासी १८ वर्षीया अनिता राउत (श्रेष्ठ) एक सातादेखि सम्पर्कविहीन भएकी छन्। गत चैत १४ गते बिहान ८ बजेदेखि उनी परिवारको सम्पर्कमा नरहेको पारिवारिक स्रोतले जनाएको छ।

अनिता हालसम्म पनि फेला नपरेकाले परिवार र आफन्तजन निकै चिन्तित बनेका छन्। सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि कुनै पत्तो नलागेपछि परिवारले उनको खोजीका लागि प्रहरी र आम नागरिकमा अपिल गरेको छ।
यदि कोही कसैले उहाँलाई देख्नुभएमा वा उहाँको बारेमा कुनै जानकारी प्राप्त गर्नुभएमा नजिकैको प्रहरी चौकी वा सिधै परिवारको सम्पर्क नम्बर 9806414150 मा जानकारी गराई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गरिएको छ।










Discussion about this post