Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकाली मोडर्नमा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न; ५२ जना विद्यार्थी सम्मानित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र १८, बुधबार २२:४१
महाकाली मोडर्नमा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न; ५२ जना विद्यार्थी सम्मानित
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली मोडर्न पब्लिक स्कुलले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि एक विशेष ‘फेरि भेटौँला’ (बिदाइ) कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको प्राङ्गणमा आयोजित उक्त समारोहमा विद्यार्थी, शिक्षक र अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कक्षा १२ का ५२ जना विद्यार्थीहरूलाई अबिर, खादा र मायाको चिनो प्रदान गरी सम्मानका साथ बिदाइ गरिएको हो। कक्षा ११ की छात्रा पूर्णिमा कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्ट प्रमुख अतिथि र संस्थापक अध्यक्ष हर्कबहादुर धामी विशिष्ट अतिथि रहनुभएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू मार्फत माहोललाई रोचक बनाएका थिए। सम्बोधनका क्रममा प्रमुख अतिथि एवं प्रिन्सिपल भट्टले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि शिक्षक र व्यवस्थापन पक्षले अहोरात्र मिहिनेत गरेको स्मरण गराउनुभयो।

“हामीले अन्य विद्यालयभन्दा पृथक र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छौँ। हाम्रा विद्यार्थीहरूले रातदिनको मिहिनेतबाट उत्कृष्ट नतिजा ल्याउनेमा म पूर्ण विश्वस्त छु,” प्रिन्सिपल भट्टले भन्नुभयो। उहाँले जीवनमा सफलता हासिल गर्न कडा परिश्रम, अनुशासन र आत्मविश्वास अनिवार्य रहेको बताउँदै विद्यार्थीहरूलाई नैतिकता र व्यावहारिक ज्ञानलाई सधैँ आत्मसाथ गर्न सुझाव दिनुभयो।

त्यस्तै, विशिष्ट अतिथि हर्कबहादुर धामीले अभिभावकको सपना साकार पार्न र आफ्नो भविष्य उज्ज्वल बनाउन कक्षा १२ को परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

कक्षा ११ का विद्यार्थीहरूले आफ्ना अग्रजहरूको सम्मानमा गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने बिदाइ भई जाने विद्यार्थीहरूले विद्यालयमा बिताएका अविस्मरणीय क्षणहरू र शिक्षकहरूले पुर्‍याएको योगदानप्रति कृतज्ञता व्यक्त गरे। मायाको चिनो वितरणसँगै कार्यक्रमको समापन गरिएको थियो। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास भर्ने विश्वास विद्यालयले लिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै
मुख्य समाचार

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

२०८२ चैत्र १८, बुधबार २२:४१
संसद् अधिवेशनअघि आज सर्वदलीय बैठक, भोलि पहिलो बैठक बस्ने
मुख्य समाचार

संसद् अधिवेशनअघि आज सर्वदलीय बैठक, भोलि पहिलो बैठक बस्ने

२०८२ चैत्र १८, बुधबार २२:४१
एक महिनादेखि जारी मध्यपूर्व युद्धको प्रभाव अध्ययन गर्न मन्त्रीस्तरीय कार्यदल गठन
मुख्य समाचार

एक महिनादेखि जारी मध्यपूर्व युद्धको प्रभाव अध्ययन गर्न मन्त्रीस्तरीय कार्यदल गठन

२०८२ चैत्र १८, बुधबार २२:४१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महाकाली मोडर्नमा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न; ५२ जना विद्यार्थी सम्मानित

महाकाली मोडर्नमा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न; ५२ जना विद्यार्थी सम्मानित

२०८२ चैत्र १८, बुधबार २२:४१
बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना

बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना

२०८२ चैत्र १८, बुधबार २२:४१
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

२०८२ चैत्र १८, बुधबार २२:४१
तीन दिनदेखि सम्पर्कविहीन १२ वर्षीय राजेश बोहरा; खोजी गरिदिन परिवारको अपिल

तीन दिनदेखि सम्पर्कविहीन १२ वर्षीय राजेश बोहरा; खोजी गरिदिन परिवारको अपिल

२०८२ चैत्र १८, बुधबार २२:४१
संसद् अधिवेशनअघि आज सर्वदलीय बैठक, भोलि पहिलो बैठक बस्ने

संसद् अधिवेशनअघि आज सर्वदलीय बैठक, भोलि पहिलो बैठक बस्ने

२०८२ चैत्र १८, बुधबार २२:४१
एक महिनादेखि जारी मध्यपूर्व युद्धको प्रभाव अध्ययन गर्न मन्त्रीस्तरीय कार्यदल गठन

एक महिनादेखि जारी मध्यपूर्व युद्धको प्रभाव अध्ययन गर्न मन्त्रीस्तरीय कार्यदल गठन

२०८२ चैत्र १८, बुधबार २२:४१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व