काठमाडौँ । चिनियाँ ब्रान्ड भिभोले आफ्नो नयाँ बजेट स्मार्टफोन ‘भिभो वाई०५’ नेपाली बजारमा सार्वजनिक गरेको छ । किफायती मूल्यमा शक्तिशाली ब्याट्री र आधुनिक प्रविधियुक्त स्मार्टफोन खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै यो मोडेल ल्याएको कम्पनीले जनाएको छ ।
यो फोन भोलि अर्थात् बुधबारदेखि देशभरका आधिकारिक बिक्री केन्द्रहरूमा उपलब्ध हुने बताइएको छ । फोनको मुख्य विशेषता ६,५०० एमएएच क्षमताको ‘ब्लुभोल्ट’ ब्याट्री हो । यो ब्याट्री एक पटकको फुल चार्जमा लामो समयसम्म टिक्ने र कुनै समस्याबिना पाँच वर्षसम्म चल्ने कम्पनीको दाबी छ ।
भिडिओ स्ट्रिमिङ, गेमिङ र लामो समयसम्म अनलाइनमा व्यस्त रहने प्रयोगकर्ताका लागि यो फोन उपयुक्त हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
ड्युराबिलिटीका लागि यसमा आईपी६५ रेटिङको धुलो र पानी प्रतिरोधी क्षमता प्रदान गरिएको छ । ‘प्रोफेसनल एन्टी(ड्रप’ डिजाइन प्रयोग गरिएकाले फोन अचानक खस्दा हुने सम्भावित क्षतिबाट जोगाउन सकिने कम्पनीको भनाइ छ ।
पर्फर्मेन्स र डिस्प्लेको कुरा गर्दा यस फोनमा १२० हर्ज रिफ्रेस रेटसहितको डिस्प्ले छ । १२०० निट्स पिक ब्राइटनेसका कारण चर्को घाममा पनि फोनको स्क्रिन स्पष्ट देखिन्छ ।
अडियो अनुभवलाई राम्रो बनाउन यसमा २०० प्रतिशतसम्म भोल्युम बढाउन मिल्ने ‘अडियो बुस्ट’ फिचर समावेश गरिएको छ । ओरिजिन ओएस ६ मा आधारित यो फोन नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध हुनेछ ।
४र६४ जीबी भेरियन्टको मूल्य १६ हजार ९९९ रुपैयाँ र ४र१२८ जीबी भेरियन्टको मूल्य १९ हजार ४९९ रुपैयाँ तोकिएको छ । टेकपानाबाट सभार










Discussion about this post