भक्तपुर – Motherland School द्वारा आयोजना गरिएको मदरल्याण्ड ट्यालेन्ट फेस्ट–२०८२ भव्य रुपमा सम्पन्न भएको छ। चैत्र ८ गते आइतबार आयोजित उक्त कार्यक्रममा नृत्यतर्फ मदरल्याण्ड डान्स आइकन तथा गायनतर्फ भ्वाइस अफ मदरल्याण्ड सिजन–१ प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको हो।
प्रतियोगितामा कक्षा १ देखि ७ सम्म अध्ययनरत विद्यार्थीहरूले जुनियर र सिनियर दुई समूहमा प्रतिस्पर्धा गरेका थिए। गायनतर्फ जुनियर समूहमा कक्षा ४ का जेशिक नेपाल र सिनियर समूहमा कक्षा ५ का न्यूरोण लोहोला विजेता घोषित भए। त्यसैगरी नृत्यतर्फ जुनियर समूहमा कक्षा ३ की स्तुति राणामगर र सिनियर समूहमा कक्षा ६ की एप्रिल शिल्पकार विजेता बन्न सफल भए।
विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने अन्य प्रतिस्पर्धीहरूलाई पनि उपविजेता तथा विशेष अवार्ड प्रदान गरी सम्मान गरिएको थियो। आयोजकका अनुसार प्रतियोगिताले बालबालिकाको प्रतिभा पहिचान, आत्मविश्वास अभिवृद्धि तथा सृजनात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्य राखेको थियो।
कार्यक्रमकी कार्यकारी प्रमुख शर्मिला देउजाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्न कटवाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले विद्यालयले यस्ता प्रतिभा विकासका कार्यक्रम सञ्चालन गरेर विद्यार्थी र अभिभावक दुवैलाई सकारात्मक सन्देश दिएको बताउनुभयो।
कार्यक्रममा विशेष अतिथिका रूपमा चर्चित डान्स कोरियोग्राफर तथा मोडल शेखर घर्तीमगरको उपस्थिति रहेको थियो भने गायन र नृत्य क्षेत्रका विभिन्न व्यक्तित्वहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।










Discussion about this post