काठमाडौं- नगरकोट जाने बाटोमा दुई जना भ्लगरहरूमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका–६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ रहेका छन्।
केही दिनअघि नगरकोट जाने बाटोमै तामाङले दुई युवक ९भ्लगर०हरूमाथि कुटपिट गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो।
प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।










Discussion about this post