काठमाडौँ – निर्वाचन आयोग नेपालले समानुपातिकतर्फ सिट पाएका राजनीतिक दलहरूलाई तीन दिनभित्र उम्मेदवार छनोट गरी नाम पेस गर्न पत्राचार गरेको छ। आयोगले बिहीबार समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पाउने सिटको अन्तिम टुंगो लगाउँदै सम्बन्धित दलहरूलाई उम्मेदवार चयन गरेर पठाउन औपचारिक पत्र पठाएको जनाएको छ।
आयोगका अनुसार समानुपातिकतर्फ छ वटा दलले मात्र सिट प्राप्त गरेका छन्। तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २० सिट पाएको छ। त्यसैगरी नेकपा एमालेले १६ सिट, नेपाली कम्युनिस्ट पार्टीले ९ सिट, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४–४ सिट प्राप्त गरेका छन्।
समानुपातिक प्रणालीअन्तर्गत दलहरूले प्राप्त गर्ने सांसद सिट समानुपातिक मतको प्रतिशतका आधारमा निर्धारण हुने व्यवस्था रहेको आयोगले जनाएको छ।










Discussion about this post