Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मौन अवधि शुरु, के–के गर्न पाइँदैन ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १९, २०८२
निर्वाचनका लागि टिकटक प्रतियोगिता, उत्कृष्टलाई ५० हजारसम्म पुरस्कार
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – पर्सि बिहिवार हुने प्रतिधिसिभा सदस्य चुनावअन्तर्गत मौन अवधि शुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि गएराति १२ बजेदेखि सकिएको छ ।

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई गएको फागुन ४ गतेदेखि गएराति १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो । मतदान हुनु ४८ घण्टा अघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत चुनावलाई प्रभाव पार्नेगरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ ।

मौन अवधिमा मत माग्न, पोष्ट गर्न, चुनावलाई प्रभाव पार्नेगरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ । मौन अवधिमा मतदातालाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजीमात्रै नभई ६ वर्षसम्म कुनै पनि चुनावी प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो बेला दल तथा उम्मेदवारका गतिविधि निगरानी गर्न घुम्ती टोली परिचालन गरिएको छ । मौनअवधिमा मतदान केन्द्र बनाउने, मतदाता लाइनको व्यवस्थापन गर्ने, शान्ति सुरक्षाको अवस्था मूल्याङ्कन गर्ने गरिन्छ ।

विश्वका कतिपय देशमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्ने चलन छ । उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा विशेष आचारण पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना चुनाव चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

साथै एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचारप्रसार गर्न पाइने छैन । त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन
देश/राष्ट्रिय

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन

कार्तिक ४, २०८३
सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

कार्तिक १०, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुँदै

एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुँदै

कार्तिक १०, २०८३
दुई दशकमा नेपालको भोकमरी सूचकमा उल्लेख्य सुधार

दुई दशकमा नेपालको भोकमरी सूचकमा उल्लेख्य सुधार

कार्तिक १०, २०८३
आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने

कार्तिक १०, २०८३
प्रधानमन्त्री बालेनद्वारा एनपीएललाई शुभकामना

प्रधानमन्त्री बालेनद्वारा एनपीएललाई शुभकामना

कार्तिक १०, २०८३
भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा

भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा

कार्तिक ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व