Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुर–२ मा एमालेबाट प्रतिनिधि सभा उम्मेदवार सिफारिश: अशोक चन्द, नरबहादुर धामी र पार्वती जोशी निर्वाचित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २१, २०८२
कञ्चनपुर–२ मा एमालेबाट प्रतिनिधि सभा उम्मेदवार सिफारिश: अशोक चन्द, नरबहादुर धामी र पार्वती जोशी निर्वाचित
0
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिशका लागि तीन जना निर्वाचित भएका छन्। एमाले निर्वाचन क्षेत्र नं. २ समन्वय कमिटीको आयोजनामा आइतबार सम्पन्न निर्वाचनबाट अशोक कुमार चन्द, पूर्व सांसद नरबहादुर धामी र पार्वती जोशी उम्मेदवार सिफारिशका लागि चयन भएका हुन्।

शनिबार बसेको आकांक्षीबीचको छलफलबाट सहमति हुन नसकेपछि आइतबार निर्वाचन प्रक्रिया अपनाइएको थियो। प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि पूर्व सांसद नरबहादुर धामी, बेदकोट नगरपालिकाका निवर्तमान मेयर अशोक कुमार चन्द, राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष बचन बहादुर सिंह, एमाले कञ्चनपुर अध्यक्ष लक्ष्मी बुढा र पार्वती जोशी प्रतिस्पर्धामा थिए।

निर्वाचन परिणामअनुसार अशोक कुमार चन्द र नरबहादुर धामी पुरुष खुला तर्फबाट तथा पार्वती जोशी महिला कोटाबाट उम्मेदवार सिफारिशका लागि निर्वाचित भएका छन्। निवर्तमान मेयर चन्दले सबैभन्दा बढी ६९ मत प्राप्त गरेका छन्। पूर्व सांसद धामीले ५७ मत पाएका छन् भने बचन बहादुर सिंह ५० मतसहित सिफारिश हुनबाट रोकिएका छन्।

एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले ४१ मत प्राप्त गरेकी छन्। उनीभन्दा तीन मत बढी ल्याउँदै पार्वती जोशी ४४ मतसहित सिफारिशका लागि निर्वाचित भएकी हुन्। जोशी एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य हुन्। उनी २०७९ को निर्वाचनमा बेदकोट नगरपालिकाको उपमेयर पदमा पराजित भएकी थिइन् भने यसअघि एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि रहेकी थिइन्।

प्रतिनिधि सभा सदस्य सिफारिशका लागि निर्वाचित अशोक कुमार चन्द एमाले कञ्चनपुरका उप–सचिव तथा निर्वाचन क्षेत्र नं. २ का समन्वय कमिटी संयोजक हुन्। २०७९ को स्थानीय तह निर्वाचनमा बेदकोट नगरपालिकाका मेयर निर्वाचित भएका चन्दले एमालेको ११औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरणको मुद्दा उठाएका थिए। सरल र हक्की स्वभावका चन्द एमालेका विभिन्न संगठनात्मक जिम्मेवारीमा सक्रिय रहँदै आएका छन्।

निर्वाचित तीनै जना उम्मेदवार बेदकोट नगरपालिकाका बासिन्दा हुन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका पर्दछन्।

निर्वाचनमा एमाले जिल्ला कमिटी सदस्य, पालिका कमिटी पदाधिकारी, वडा कमिटी अध्यक्षलगायत प्रतिनिधिहरू मतदाता रहेका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व