Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा दोस्रो उप-मेयर कप छात्रा भलिबल प्रतियोगिता सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १८, २०८२
वेदकोटमा दोस्रो उप-मेयर कप छात्रा भलिबल प्रतियोगिता सुरु
0
SHARES
144
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। वेदकोट नगरपालिकाको आयोजना तथा भुवनेश्वरी माध्यमिक विद्यालय, सिसैयाको संयोजनमा ‘दोस्रो उप-मेयर कप छात्रा भलिबल प्रतियोगिता २०८२’ को भव्य उद्घाटन गरिएको छ। नगर उप-प्रमुख तुलसी जोशीको सभाध्यक्षता तथा नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो।

कार्यक्रममा निवर्तमान नगर प्रमुख अशोक कुमार चन्द, निवर्तमान नगर उप-प्रमुख शुशिला सिंह, नगर प्रवक्ता चित्रदेव भट्ट, शिक्षा शाखा प्रमुख पदमराज भट्टसहित वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षक-विद्यार्थी लगायत स्थानीय बासीहरूको व्यापक उपस्थिति रहेको थियो।

भुवनेश्वरी मा.वि. सिसैयाका व्यवस्थापन समिति अध्यक्ष प्रवीण बोगटीले उद्घाटन कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। प्रतियोगितामा नगरपालिकाभित्रका १४ वटा विद्यालयहरूको सहभागिता रहेको छ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षा शाखा प्रमुख पदमराज भट्टले खेलकुदले विद्यार्थीको अनुशासन र शारीरिक विकासमा टेवा पुऱ्याउने बताउनुभयो। नगर प्रवक्ता चित्रदेव भट्टले नगरको खेलकुद विकासमा यस्ता प्रतियोगिता कोसेढुङ्गा सावित हुने उल्लेख गर्नुभयो।

निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दले खेलकुद क्षेत्रलाई मर्यादित र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “जबसम्म खेलकुद क्षेत्रमा व्यावसायिकता र निष्पक्ष प्रतिस्पर्धा हुँदैन, तबसम्म वास्तविक खेलाडीहरूले अवसर पाउँदैनन्। त्यसैले खेल मैदानभित्र खेलाडीहरूले प्रदर्शन गर्ने अनुशासन र मर्यादित व्यवहार नै उनीहरूको सफलताको पहिलो खुड्किलो हो।”

प्रमुख अतिथि तथा नगर प्रमुख भोजराज बोहराले छात्राहरूको लुकेको प्रतिभा प्रस्फुटन गर्न र उनीहरूलाई खेलकुदमा अगाडि बढाउन नगरपालिका सधैं तत्पर रहेको बताउनुभयो। उहाँले खेलकुदको माध्यमबाट छात्राहरूको सशक्तीकरण र उनीहरूको क्षमता अभिवृद्धिमा विशेष लगानी गरिरहेको बताउनुभयो। नगर प्रमुख बोहराले खेलकुद केवल शारीरिक व्यायाम मात्र नभएर नेतृत्व विकासको बलियो आधार भएको चर्चा गर्दै सहभागी १४ वटै विद्यालयका खेलाडीहरूलाई खेल भावनाका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो।

सभाध्यक्ष तथा नगर उप-प्रमुख तुलसी जोशीले महिला सशक्तीकरण र खेल क्षेत्रमा छात्राहरूको नेतृत्व विकासका लागि उप-मेयर कप एउटा महत्त्वपूर्ण मञ्च भएको बताउनुभयो। उहाँले समाजमा महिला र छात्राहरूको आत्मविश्वास बढाउन र उनीहरूलाई मैदानसम्म पुऱ्याउन यो प्रतियोगिताले ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
कन्चनपुर

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

बैशाख १०, २०८३
वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण
कन्चनपुर

वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण

बैशाख ६, २०८३
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न
कन्चनपुर

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

चैत्र २८, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३
संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

बैशाख २०, २०८३
तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

बैशाख १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व